३१ चैत, काठमाडौं । इण्डोनेसियाको बालीमा यात्रु विमान समुद्रमा खसेर
दुर्घटना भएको छ । तर, विमानका सवै १ सय ३० यात्रु सकुशल रहेका बीबीसीले
जनाएको छ ।
लायन एयरको विमान बाली विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुद्रमा
खसेको हो । दुर्घटनाका केही तस्विरहरु ट्वीटरमार्फत सार्वजनिक भएका छन् ।
जुन तस्विरमा जहाज समुद्रको पानीमातैरिएको देखिएको छ भने जहाजको पछाडीको
भाग भाँच्चिएको छ । तर जहाज पुरै २ टुक्रा भएको छैन ।
लाईफ ज्याकेटसहितका उद्धारकर्ताले जहाजका यात्रुलाई निकालिरहेको समेत
तस्विरमा देख्न सकिन्छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
य
No comments:
Post a Comment