Monday, April 15, 2013

क्यासिनोबाट समातिए गृहकै उपसचिव

२ बैशाख, काठमाण्डौं । क्यासिनो प्रवेशमा नेपालीलाई निषेध गर्ने
गृहमन्त्रालयकै एक अधिकारी क्यासिनोबाट पक्राउ परेका छन् । जिल्ला
प्रशासन कार्यालय ललितपुरका उपसचिव भवनाथ भट्टराई दरबारमार्गस्थित रोयल
क्यासिनोबाट पक्राउ परेका हुन् ।
नयाँ बर्ष मनाउने क्रममा उपसचिव भट्टराई शनिबार मध्यराति रोयल क्यासिनोको
जुवा खालबाट पक्राउ परेका हुन् । उनी ललितपुरका प्रशासन हेर्ने उपसचिव
हुन् । केही समयअघि मात्रै २४ 'घ' अन्तर्गत उनी उपसचिवमा बढुवा भएका थिए

जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रहरी
निरीक्षक कुमुद ढुंगेल नेतृत्वको टोलीले उनलाई खालबाटै पक्राउ गरेको
राजधानी दैनिकमा खबर छ । छापामा संलग्न प्रहरीका अनुसार शुक्रबार राति ३
बजे जुवा खेलिरहेको अवस्थामा उपसचिव भट्टराईसँगै रोयल क्यासिनोबाट अन्य
चार जनालाई पक्राउ गरिएको छ । पक्राउपछि छानविन गर्दा ललितपुर जिल्ला
प्रशासन कार्यालयमा कार्यरत उपसचिव भट्टराई रहेको तथ्य खुलेको थियो ।
सरकारी गाडी र चालकसहित राति सो क्यासिनो पुगेका उपसचिव भट्टराई जुवा
खेलिरहेको अवस्थामा पक्राउ परे पनि प्रहरीले उनको नाम भने सार्वजनिक
गरेको छैन् ।

No comments:

Post a Comment