काठमाडौ, फाल्गुन २८ - बेलायत सरकारको विकासका लागि अन्तर्राष्ट्रिय
विभाग (डिएफआइडी)ले तेस्रो चरणको ग्रामीण पहुँच कार्यक्रम कार्यान्वयन
गर्न रु पाँच अर्ब ११ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शान्तराज
सुवेदी र डिएफआइडीका नेपाल प्रमुख डोमिनिक ओनिइलले उक्त अनुदान उपलब्ध
गराउनेसम्बन्धी सहमतिपत्रमा हस्तारक्षर गरेका छन् ।
गरिब तथा पिछडिएका वर्गमा आय तथा रोजगारीका अवसर सिर्जना गरी उनीहरूको
जीवनस्तरमा सुधार ल्याउँदै आर्थिक गतिविधिमा पहुँच विस्तार गर्न अनुदान
सहयोग खर्च गरिनेछ ।
आगामी चार वर्षमा खर्च गरिने उक्त सहयोगले मध्यपश्चिम तथा सुदूरपश्चिमका
जिल्लाहरू हुम्ला, बाजुरा, मुगु, अछाम, कालीकोट, जुम्ला र दैलेखका
जनताकोजीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
कार्यक्रममा अर्थ सचिव सुवेदीले प्राप्त सहयोगले सम्बन्धित जिल्लाको
पूर्वाधार विकासबाट त्यहाँका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगादान
पुग्नेउल्लेख गरे ।
त्यस्तै, डिएफआइडीका प्रमुख ओनिइलले चार वर्षभित्रमा त्यस क्षेत्रमा दुई
हजार ४०० किलोमिटर सडक निर्माण गरेपछि उनीहरूको जीवनस्तरमा सुधार आउने
विश्वास व्यक्त गरे । रासस
No comments:
Post a Comment