२ बैशाख, काठमाण्डौं । वैदेशिक रोजगारीमा जाने युवाका लागि विनाधितो
दिइएको राज्यकोषको ३ करोडभन्दा बढी रकम लगानीकर्ताकै बेवास्ताका कारण
डुबेको छ र सरकारले रोजगार प्रवद्धन आयोजनाको सिफारिसमा विपन्न वर्गका
युवालाई रोजगारीका लागि विदेश जान विभिन्न बैंकमार्फत लगानी गरेको ४ करोड
६३ लाख ७८ हजार ६ सय ७६ रुपैयाँमध्ये ३ करोड २४ लाख ८० हजार ६२ रुपैयाँ
डुवेको हो ।
स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि दिइएको सो रकम लगानीकर्ताकै
बेवास्ताका कारण ११ बर्षसम्म उठ्न सकेको छैन् । आर्थिक बर्ष २०५८/०५९ को
बजेट मै व्यवस्था गरी रोजगार प्रवर्द्धन आयोगको सिफारिसमा एक बर्षभित्र
किस्तावन्दीमा ऋण असुल गर्ने गरी रकम बाँडिएको थियो ।
तत्कालीन सरकारले वैदेशिक रोजगार कार्यान्वयन निर्देशिका २०५९ जारी गरी
आर्थिक बर्ष ०६०/६१ देखि ०६२/०६३ सम्म राज्यकोषको उक्त रकम वितरण गरेकेा
थियो। सो कार्यमा बैंक अफ काठमाण्डौं, नविल र नेपाल इन्भेस्टमेन्ट
बैंकमार्फत रकम दिइएको खबर राजधानी दैनिकले छापेको छ ।
करिब दुई बर्षसम्म सञ्चालनमा रहेको आयोजनामा बे.कले ७ सय २४ जनालाई रकम
लगानी गरेका थिए । तर, अहिलेसम्म लगानी भएको रकममध्ये ७१ प्रतिशतभन्दा
बढी रकम उठेको छैन् ।
No comments:
Post a Comment