१८ फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको मृत्युको समाचार
नयाँ र अनौठो होइन । हरेक दिनजसो कम्तिमा एक नेपालीको ज्यान जाने गरेको
मलेसियामा गत हप्तामात्रै पाँचजनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार
विगत १० वर्षयता मलेसियामा २ हजार ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन्
। मृत्यु हुने सबैको कथा-व्यथा उस्तै छ, कोही कम्पनीमा काम गर्दागर्दै त
कसैको अस्पतालमा उपचारका क्रममा मृत्यु हुने गरेको छ । केही नेपालीले
आत्महत्या समेत गरेका छन् । मलेसियाबाट प्रकाशित हुने द सन दैनिक
पत्रिकाले नेपाली दुतावासलाई उद्धृत गर्दै जनाएअनुसार सन् २००३ देखि गत
वर्ष सम्म २ हजार ४५ जना नेपालीको मृत्युभएको उल्लेख गरेको छ ।
क्वालालम्पुरवाट नजिकै रहेको केलाङको एक कम्पनीमा कार्यरत खोटाङका २३
वर्षीय सिगराज राईको यसैसाता केलाङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको
छ । अवैधानिक रहेर काम गरिरहेका उनी विरामी परेपछि साथीहरुको सहयोगमा
अस्पताल भर्ना भएका थिए । एक वर्ष अगाडि मलेसिया आएका उनी अवैधानिक रुपमा
काम गरिरहेका थिए । हाल उनको शव पोसमार्टका लागि केलाङ अस्पतालमै राखिएको
छ । अवैधानिक रहेका कारण शव नेपाल पठाउन समस्या परेकेा युवक तामाङले
अनलाइनखवरलाई जानकारी गराए ।
त्यस्तै पेनाङमा रेलको पटरीमा अर्का एक नेपालीले आत्महत्या गरेका छन् ।
फेवु्रवरी २४ तारिखका दिन उनले आत्महत्या गरेको मलेसियाको सञ्चार
माध्यमहरुले जनाएका छन । जोड गतिले आइरहेको रेलको लिकमाउनी जादा रेलले
किचेको बताइएको छ । मृतकको सनाखत हुन नसके पनि उनका साथमा नेपाली भाषामा
लेखिएको कागज भेटिएकाले उनी नेपाली रहेको खुलेको हो । उनको टाउको
किचिएकाले भएकाले पहिचान हुन नसकेको स्रोतहरुले जनाएका छन् । केही
नेपालीहरु आफ्ना कोही साथी पो परे कि भनेर खोजिनीति गरिरहेका छन् । हाल
उनको शव पोसमार्टमका लागि पेनाङ अस्पतालमा राखिएको छ ।
यसैगरी पुलाउ पेनाङको सुगाइवेकापमा रहेकोसिङ सोग कम्पनीमा कार्यरत
नवलपरासी अन्दाजी १८ वर्षका प्रदीप कुर्मीले झुण्डिएर आत्महत्या गरेका
छन् । आफुलाई कम्पनीमा काममा लगाउने वंगलादेशी सुपरभाइजरले निकै नै दुख
दिने गरेका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ । त्यस्तै
क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने टाइपिनमा पनि एक नेपालीको
ज्यान गएको छ । पर्सा जिल्ला सुनवास वैरिया गाविस वडा न ७ घर भएका २१
व्ाषर्ीय सुरज माझीको उपचारका क्रममा ज्यान गएको हो । पाचँ महिना अगाडि
मात्रै रोजगारीका लागि मलेसियाको टाईपिन सिम्पाङमा रहेको कम्र्फोट रबर
ग्लोव कम्पनीमा कार्यरत सुरेश केसीले घटनाबारे अनलाइनखबरलाई जानकारी
गराएका छन् ।
क्वालालम्पुरमा मंगलवार अर्का एक नेपालीको ज्यान गएको छ । सानेपा घर भई
मलेसियाको एक रेमिटान्स कम्पनीमा कार्यरतरोशन श्रेष्ठको उपचारका क्रममा
ज्यान गएको हो । सामान्य विरामी भएका श्रेष्ठ उपचारका लागि आफैं अस्पताल
पुगेका थिए । अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको ज्यान गएको हो ।
No comments:
Post a Comment