Saturday, March 2, 2013

इजरायलबाट ३ सय नेपाली कामदारको माग, कंगो पनि खुल्या

१९ फागुन, काठमाण्डौं । नेपाल र इजरायलका म्यानपावर एजेन्ट र कम्पनी
मिलेर चर्को रकम उठाएको विवादमा बन्द भएको मुलकु इजरायलले परीक्षणका
रुपमा खोल्ने भएको छ । इजरायल सरकराले सरकारी तह (जिटुजी) अन्तर्गत पहिलो
पटक ३ सय केयरगिभर लैजाने नेपालसँग प्रस्ताव रोखेको छ । प्रस्ताव बारे
निर्णय भइसकेको छैन् ।
'हामीले जिटुजी होस वा प्राइभेट टु प्राइभेट दुबै विकल्प खुला राखेका
छौं,' इजरायली समकक्षीसँग वार्ता गरेर फकिएएका श्रम मन्त्रालयका सचिव
सुरेशमान श्रेष्ठले भने-'पाइलट टेस्टका रुपमा उनीहरुले ३ सय केयरगिभर
लैजाने भएका छन्, निर्णय भइसकेको छैन,' कान्तिपुर दैनिकमा खबर छ ।
इजरायलमा चुनाव भएर सरकार गठन नभइसकेकाले अहिले यो प्रस्तावका रुपमा
मात्रै रहेको छ ।
कंगो खुल्यो
सरकारले वैदेशिक रोजगारको लागि नयाँ गन्तव्यका रुपमा मध्य अफि्रकी मुलुक
गणतन्त्र कंगोलाई खुला गरेको छ । सरकराले खुला गरेको यो १०९ औं देश हो ।
'नेपालराजपत्र' मा श्रम तथा रोजगार मन्त्रालयको बुधबार प्रकाशित सूचनामा
'रिपब्लिक अफ कंगोमा नेपाली कामदारलाई काम गर्न पठाउन वैदेशिक रोजगार
व्यवसाय सञ्चालन गर्न पाउने गरी मुलुक तोकेको' उल्लेख छ ।
मन्त्रालयले कंगोका लागि खाना बस्नबाहेक न्युनतम मासिक पारिश्रमिक तहगत
रुपमा ३ सय २० अमेरिकी डलरदेखि २ हजार डलरसम्म निर्धारण गरेको छ । जसमा
अदक्षका लागि ३ सय २० डलर, अर्धदक्षका लागि ४ सय ३० डलर, दक्षको६ सय २० र
उच्च दक्षको २ हजार तोकेको छ ।
मन्त्रालयले खाना बस्न, भिसा र हवाई टिक कम्पनीले निःशुल्क बेहोर्नुपर्ने
र म्यानपावर कम्पनीले सेवा शुल्कका लागि बढीमा २० हजार रुपैयाँ लिन पाउने
भनेको छ

No comments:

Post a Comment