फागुन १८- नेपालको प्रमुख जलविद्युत गृह कालिगण्डकी 'ए' को उत्पादन आज
रातीदेखि पूर्ण रुपमा बन्द हुँदैछ। उत्पादन गृहमा समस्या देखिएपछि
मर्मतका लागि आयोजना बन्दगर्न लागिएको हो। मर्मतकालागि करिब दश दिन
उत्पादन बन्द गरेर काम गर्नुपर्नेआयोजनाले जनाएको छ।
विद्युतगृहका इन्लेट भल्व (सुरुङबाट टवाईनसम्म पानी लैजाने पाईपमा जडान
गरिएको भल्व) खिइँदै गएर 'लिकेज' हुने समस्या देखिएपछि मर्मतसम्भारका
लागि उत्पादन बन्द गर्न लागिएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख
अवधेशकुमार सिंहले ८ देखि१० दिनसम्म पुरै उत्पादन बन्द हुने बताए।
'आज बेलुकी दश बजेदेखि आयोजना पुरै बन्द गरेर मर्मतसम्भार गर्दैछौ' उनले
भने, 'चौबिशै घण्टा विभिन्न तीन सिफ्टमा प्राविधिकहरु बाँडिएर तीनवटा
इन्लेट भल्व मर्मतगर्नेछन्।' १ सय ४४ मेगावाट क्षमताको कालिगण्डकी 'ए'
जलविद्युत आयोजनाबाट अहिले करिब ६० मेगावाट मात्र विद्युत उत्पादन
भइरहेको छ। पानीको बहाव कम भएकोले पूर्ण क्षमतामा विद्युत उत्पादन हुन
सकेको छैन।
मर्मतसम्भारका लागि पूर्ण रुपमा उत्पादन बन्दहुँदा दैनिक करिब दुई घण्टा
लोडसेडिङ बढ्नसक्ने सम्भावना रहेको आयोजनाले जनाएको छ।लगातार काम गरेर
सकेसम्म छिटो मर्मतसम्भार सक्ने प्रयासमा लागिरहेको प्रमुख सिंहले बताए।
आयोजना मर्मतसम्भारका लागि सबैगरि करिब २ सय कर्मचारी खट्ने उनले जानकारी
दिए।
No comments:
Post a Comment