Monday, March 4, 2013

तलव वृद्धिसंगै मलेसियामा श्रमिकहरुलाई समस्या थपिए

२१ फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली श्रमिकहरुको तलव वृद्धि
भएसंगै विभिन्न समस्याहरु थपिएको मलेसियामा कार्यरत मानवअधिकारवादी
संस्था तानागानिताले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा.आईरिन
फर्नाल्डेजले विदेशी कामदारहरुलाई मलेसिया सरकारले हेर्ने दृष्टिकोण समान
नभएकाले यस्तो अवस्था आएको वताउनु भयो ।
प्रगतिशिल प्रवासि श्रमिक मञ्चले मलेसियाले वातुपहातमा आइतवार आयोजना
गरेको अन्तर्रक्रिया कार्यक्रममा डा फर्नाल्डेजले भन्नुभयो,'विदेशी
श्रमिकहरुलाई लेवि लिनु एकदमै नाजायज छ । यसलाई तत्काल सच्याउनु पर्छ ।
मलेसिया वनाउन विदेशि श्रमिकहरुले निकै ठुलो परिश्रम गरेका छन् ।
उनीहरुलाई हामीले सोहि अनुसारले वुझनु पर्छ ।' उहाँले श्रमिकहरुको
समस्यालाई वेलैमा सरकारले वुझन नसके त्यसले गम्भीर अवस्था निम्त्याउन
सक्ने वताउनुभयो ।
कार्यक्रममा प्रगतिशिल प्रवाशि श्रमिक मञ्च मलेसियाका महासचिव प्रेम
पाण्डे, पत्रकार रामचन्द्र नेपाल,सुवास कार्की, गेापाल कोइराला, ग्लोरिन,
रहिमालगायतकाले नेपाली श्रमिकका समस्याहरुको वारेमा प्रकाश पार्नुभएको
थियो । प्रगतिशिल प्रवासि श्रमिक मञ्च वातुपहातका अध्यक्ष अर्जुन
शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा सयौँ नेपाली श्रमिकहरुको सहभागिता
रहेको थियो ।

No comments:

Post a Comment