Friday, February 1, 2013

मजदुरलाई लेबी लाग्दा मलेसियाबाट भित्रिने २१ अर्ब रोकियो

१९ माघ, काठमाण्डौं । मलेसियाली सरकारले आप्रवासी कामदार स्वयंमले लेबी
बुझाउनुपर्ने निर्णय गरेपछि त्यहाँ कार्यरत नेपाली कामदारले खाइपाई आएको
सुविधा मासिक साढे ४ हजार रुपैयाँसम्म कटौती हुने भएको छ ।
मलेसियाले बुधबार गरेकेा नयाँ निर्णयसँगै वाषिर्क प्रतिनेपाली कामदारको
बढीमा ५२ हजार रुपैयाँ काटिनेछ ।
मलेसियामा ४ लाखभन्दा बढी नेपाली कामदार छन् । यही आँकडालाई आधार मान्दा
रेमिटेन्सका रुपमा नेपाल भित्रँदै आएको वाािर्षक २० अर्व ८३ करोड २० लाख
रुपैयाँ अव मलेसियाली सरकारलाई लेबीस्वरुप कामदारले बुझाउनुपर्ने खबर
नागरिक दैनिकले छापेको छ ।
'मलेसियाली सरकारले रोजगारदाता कम्पनीले तिर्दै आएको लेबी अव स्वयं
आप्रवासी कामदारले तिर्नुपर्ने नयाँ निर्णय गरेको छ भन्ने यहाँका
मिडियामा आएको छ,' मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव
चक्रबहादुर सुवेदीले भने 'यसबारे औपचारिक रुपमा लिखित जानकारी दूतावासमा
आएको छैन् ।'

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete