Thursday, January 31, 2013

प्रचण्ड र बाबुराम पक्षीय कार्यकर्तावीच कुटाकुट

१८ माघ, रौतहट । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष
डा. बाबुराम भट्टरार्इ पक्षीय कार्यकर्तावीच रौतहटमा कुटाकुट भएको छ ।
रौतहटको बसन्तपुरमा भइरहेको एमाओवादी रौतहटको ६ नम्बर क्षेत्रिय
सम्मेलनमा विहीवार प्रचण्डनिकट नेता अशोक जैसवाल र भट्टरार्इनिकटका नेता
प्रभु साह पक्षीय कार्यकर्तावीच कुटाकुट भएको हो । प्रतिनिधि छनोटका
विषयमा कुरा नमिलेपछि भएको विवादले उग्ररुप लिएपछि सम्मेलनमा दुई पक्षवीच
कुटाकुट भएको हो ।
प्रभु शाह निकट नेता विनेश्वर यादवका अनुसार प्रतिनिधि छनोट गर्दा
आफूनिकटका नेताहरुलाई नराखेको भन्दै जैसवाल निकट कार्यकर्ताले निर्णय
भएको माईन्यूट नै च्याति दिएका छन् । प्रतिनिधि छनोटका वारेमा बहुमतले
निर्णय भइपछि असहमति जनाउँदै जैसवाल समूहले बखेडा झिक्दै माईन्युट
च्यातेको यादवले वताउनुभयो । यादवले केहीवेर दुई पक्षवीच विवाद भएपनि हात
हालाहाल चाहिँ नभएको वताउनुभयो ।
केही दिन अघि जिल्ला सम्मेलनका लागि बन्द सत्रमा गौरमा कार्यकर्ताहरुवीच
नै कुटाकुट भएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete