रितेश त्रिपाठी, वीरगन्ज, माघ १८ - २२ वर्षपछि माघ २० देखि २५ सम्म
मकवानपुरको हेटौंडामा हुन लागेको एकीकृत माओवादीको सातौं राष्ट्रिय
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। एमाओवादी
प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशनको तयारी ९० प्रतिशत सकिएको छ।
उनले महाधिवेशनका लागि तयारी समिति जोडतोडले खटेको बताए। महाधिवेशनस्थल
बनाइएको हेटौडा औद्योगिक क्षेत्र भित्र बन्द रहेको कपडा उद्योग
सिंगारिँदैछ।
फोहोर र झारपातले खण्डहरजस्तै भएको कपडा उद्योग परिसर सरसफाइका लागि
एमाओवादीका पाँच सय कार्यकर्ता दुई सातादेखि खटिएका छन्। उनीहरुले
महाधिवेशनस्थल वरपरका सानाठूला रुख रंगाएर हागामा पार्टीको झण्ड राखिएको
छ ।
महाधिवेशनका लागि हेटौडाका सडक वरपर तुल-ब्यानर झुन्ड्याइएका छन् भने
ठाउँठाउँमा प्रवेशद्वार बनाइएका छन्। खाना व्यवस्थापन, बास व्यवस्थापन,
मूलद्वार निर्माण, ब्यानर लेखन लगायतकाम तीव्र गतिमा भइरहेको पार्टीका
मकवानपुर संयोजक सोनामसिंह स्याङतानले बताए।
त्यस्तै, उद्घाटनको खुलासत्र हुने हुप्राचौरमा मञ्च व्यवस्थापनको काम पनि
अन्तिम अवस्थामा पुगेको उनले जनाए। महाधिवेशनमा ४ हजारभन्दा बढी
सहभागिलाई खाना र नास्ताको व्यवस्था कपडा उद्योगभित्रै मिलाइएको स्थानीय
नेता प्रह्लाद लामिछोनेले बताए।
३ हजारभन्दा माथि प्रतिनिधि पर्यवेक्षक सहभागी हुने महाधिवेशन सम्पन्न
गर्न ६ देखि ८ करोड रुपैयाँ खर्च हुने पार्टी स्रोतले बताएको छ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete