सुन्दा अनौठो लागे पनि तस्वीर आफैं बोलिरहेको छ, हालै नेपालका सबै ठूला
नेताहरुले गमलामा डल्ले खुर्सानीको बोट रोपेका छन् । गमलामा खोर्सानी
रोप्ने नेताहरुमा राष्ट्रपति डा. रामवरण यादव, पूर्वराजा ज्ञानेन्द्रदेखि
प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा,
केपी ओली, रामचन्द्र पौडेल, मोहन वैद्य, मोहनविक्रम सिंह, सीपी गजुरेल र
तमलोपाका सर्वेन्द्रनाथ शुक्लसमेत रहेका छन् ।
यसरी नेतालाई खुर्सानी रोपाउनेकामचाँहि 'अष्ट ज अभियान'ले गरेको हो ।
कृषिप्रति नेताहरुको ध्यान जगाउन भन्दै नेताहरुका घरघरमा गएर गमलामा
खोर्सानी रोप्न लगाई नियमित पानी हाल्न र फलाएर खान 'अष्ट ज'ले
नेताहरुलाई भनेको छ । कम्युनिष्ट नेता लोकृष्ण भट्टराईको नेतृत्वमा
खटिएको टोलीले निर्मल निवासमे पुगेर पूर्व राजा ज्ञानेन्द्रलाई खुर्सानी
रोपाएको थियो भने राष्ट्रपतिलाई शीतलनिवासमा र अन्य नेतालाई प्रत्येकको
निवासमा गमला र खुर्सानीको बोट पुर्याइएको थियो ।
तर, नेताहरुले सहमति र सहकार्यद्वारा देश र जनतालाई सिंचित गर्न नसके पनि
घर-घरमा रोपेको खुर्सानीमा पानी हालिराखेका होलान् त ? यो भने 'अष्ट ज'को
टोलीले निरीक्षण गरेपछि मात्रै थाहा होला ।
more Photo on http://www.onlinekhabar.com/2012/12/02/16882.html
No comments:
Post a Comment