काठमाडौ, कार्तिक ६ - वडादशैंको आठौदिन आज महाअष्टमीका दिन विहानैदेखि
देशभरका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने र बलीदिनेको घुँईचो लागेको छ ।
राष्ट्रपति रामवरण यादवले पनि राजधानीको विभिन्नमन्दिरहरुमा पुगरे
पूजाआजा गरेका छन् ।
पाल्पा सहकर्मी माधव अर्यालका अनुसार तानसेन स्थित रणउजीरेश्वरी भगवती
मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, केालडाडाको सत्यवती,
भैरवस्थान मन्दिरमा श्रद्धालुभक्तजनको बली दिन र दर्शन गर्न घुँईचो
लागेको छ । पुजाआजा गर्नेसाथै बलीदिनेले बिहानै शक्तिपीठमा पुग्ने गर्छन्
।
जिल्लाका विभिन्न स्थानमा रहेका दुर्गामन्दिर साथै कोटघरमा समेत पुजाआजा
गर्ने भक्तजनको घुँईचो लागेको छ । खालीवन, सिलुवा, विरकोट, जल्पा,
ज्यामिरे लगायतका स्थानमा रहेका कोटघरमा भिड लागेको स्थानीयले बताएका छन्
।
भैरवस्थान मन्दिरमा यसवर्षकै अत्यधिक भिड भएको व्यवस्थापन समितिले जनाएको
छ । भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजन दर्शन गर्न र भाकल अनुसारको बली
दिन विगतवर्षमा भन्दा यस वर्ष देाव्वर आएका छन् । मनोकांक्षा पुरा हुने
विश्वासमा भैरवस्थान मन्दिरमा पुजा गर्न आउने गर्छन् । मन्दिरमा बाहै्र
महिना पुजा हुने भएपनि वडादशैको नवरथामा अत्यधिक भिड हुनेगर्छ ।
प्रकाशित मिति: २०६९ कार्तिक ६ १०:३५
No comments:
Post a Comment