Saturday, September 8, 2012

पिसाव लाग्ने डरले पानी पिउँदैनन् ट्रफिक महिला

२३ भदौ, काठमाण्डौं । ट्राफिक महिला प्रहरीहरु ड्युटीका बेला सकभर पानी
कम पिउँछन् । अरु कारण होइन, ड्युटीमा रहेको अवस्थामा पिसाव लाग्ला भनेर
उनीहरु डराएका हुन् ।
शौचालयको असुविधाका कारण उनीहरु पानी खान डराएका हुन् । 'ड्युटीमा पिसाव
लागे फेर्न कहाँ जानु ? बरु पानी नै नखायो आनन्द !' कोटेश्वरमा कार्यरत
एक ट्राफिक महिलाले भनिन् । 'केटाहरु यसो होटल रेस्टुरेन्ट तिर छिरेर
गर्छन, तर हामीलाई धेरै गाह्रो छ,'उनले भनिन् पानी कम पिउने गरेका कारण
स्वास्थ्य स्थिति पनि दिनानुदिन खराब भइरहेको उनले बताइन् ।
ट्राफिकले दैनिक आठ घण्टा अनिवार्य ड्युटी गर्नुपर्ने हुन्छ, त्यो
समयभित्र दिशा पिसाब लागे राकेर बस्नुका विकल्प नरहेको सौर्यदैनिकलेखबर
छापेको छ । 'अरु समस्या त उमेरमा पचाइन्छ, तर आधारभूत समस्याले चाँही
धेरै दुःख पाएका छौं' थापाथली प्रभागकी प्रमुख सई इन्दिरा बस्नेतले भनिन्
शौचालयको समस्याले कामै प्रभावित भएको छ । राजधानीमा घुम्ती शौचालयको
सुरुवात गरे आफुहरुलाई राहत हुने उनीहरुको अनुभव छ ।

No comments:

Post a Comment