Sunday, August 5, 2012

राष्ट्रपतिले नेताहरुलाई सोधे-मुलुकलाई अफगानिस्तान बनाउन खोजेको ?

२१ साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा विद्यमान गतिरोध अन्त्यका लागि तत्कालसहमतिमा पुग्न दलहरुलाई आग्रह गर्नु भएको छ । विघटित संविधानसभामा रहेका १८ दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा यादवले अहिले कै अवस्थामा देश धेरै जान नसक्ने भन्दै सहमतिमा पुग्न आग्रह गर्नुभयो ।
जनअपेक्षा विपरित संविधान नैनबानाई संविधानसभा विघटन भएको र त्यसपछिको दुई महिना पनि त्यसै खेर गएको भन्दै उहाँले तत्काल सहमति नगर्ने हो भने अब एक तृतीयांश बजेट सकिने, संवैधानिक अंकहरु रिक्त हुने र अन्ततः मुलुक नै असफल राष्ट्र बन्नसक्नेतर्फ ध्यानाकर्षण गराउनु भयो । ‘देश अफगानिस्तान जस्तै बनोस भन्ने त पक्कै तपाईहरुले चाहनु भएको हैन होला’ राष्ट्रपति यादवले भन्नुभयो-’कि देश भल्खाडोमा जाओस नै भन्नुपर्‍यो । हैन भने देश चलाउने र जोगाउने भनेको तपाईहरुले नै हो ।’
राष्ट्रपति यादवले आफूले छुट्टा छुट्टै र सामूहिक रुपमा भेटेर सहमतिमा पुग्न आग्रह गरेपनि अहिलेसम्म रिजल्ट नदेखिएको भन्दै असन्तुष्टि जनाउनु भयो । छलफलमा सत्तारुढ र प्रतिपक्षी दलहरुले भने आ-आफ्नै अडान दोहोर्‍याएका छन् ।
पुनःस्थापना छोटो र सुरक्षितबाटोः प्रचण्ड
माओवादी र मधेसी मेार्चामा आवद्ध सत्तारुढ दलहरुले अबकोनिकासबारे सहमति भए सहमतीय सरकार गठन गर्न आफूहरु तयार भएको बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापना गर्नु पर्ने बताउनु भएको छ । ‘विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापना नै सबैभन्दा छोटो र सुरक्षित विधी हो’ प्रचण्डले भन्नुभयो-’अन्य विकल्पमा जाँदा अफ्ठ्यारो स्थिति पनि आउन सक्छ ।’ उहाँले विवादित विषयमा सहमति गरेरसंविधानसभा पुनःस्थापना गरिए ५ बुँदे सहमति अनुसार नै कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न तयार रहेको बचाउनु भयो ।
उहाँले निर्वाचनमा नै जाने भए छलफल गरी सहमतिमा पुग्न आफूहरु तयार रहेको बताउनु भयो । दलहरुबीच सहमति नभए प्रधानमन्त्रीले राजीनामा दिन पनि नमिल्ने र सरकार चलाउन पनि नसक्ने अजस्था आएको बताउनु भयो । ‘अहिलेकै अवस्थामा छाड्ने पनि मिलेन’ उहाँले भन्नुभयो-’चलाई राख्न सक्ने अवस्था पनि आएन ।’
पहिले राजीनामाः विपक्षी
छलफलमा कांग्रेस-एमालेसहितका विपक्षी दलहरुले भने सहमतीय सरकार गठनपछि मात्र निकासबारे छलफलगर्न सकिने बताएका छन् ।
सहमतिको प्रस्थान विन्दु बाबुराम सरकारको राजीनामा र सहमतीय सरकार गठन भएको भन्दै कांग्रेस र एमालेले त्यसपछि मात्र निकासको विकल्पबारे छलफल हुने बताएका छन् । ‘पहिले ठाउँ खाली गर्नुपर्छ । अहिले दुई दल मात्र छन्, सबै अटाउने ठाउँ बनाउनुपर्छ’एमाले अध्यक्ष खनालले भन्नुभयो-’त्यसपछि निकासका विकल्पहरुबारे छलफल गर्न सकिन्छ । छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ५ पुँदे सहमति अनुसार कांग्रेसको नेतृत्वमा सरकार बने पुनःस्थापनाबारे छलफल गर्न सकिने बताउनु भएको एक नेताले बताए ।

No comments:

Post a Comment