Wednesday, August 8, 2012

ठूलो जनजाति पार्टी बनाउने योजना तुहियो

२४ साउन, काठमाडौं । मुख्य नेताहरुले नै सहमति नजनाएपछिआदिवासी जनजातिहरुको ‘सर्बमान्य र बृहत पार्टी’ बनाउने प्रयास तुहिएको छ ।
एमालेको अग्रगामी विचार समूहले तत्कालै आदिवासी जनजातिको मात्र पार्टी बनाउने प्रस्ताव अस्वीकार गरेपछि जनजातिहरुको सर्बमान्य पार्टी बनाउने आदिवासी जनजाति महासंघको प्रयास असफल भएको हो । अब आदिवासी जनजाति महासंघका केही नेताहरुले मात्र पार्टीघोषणाको तयारी गरेका छन् । त्यसका लागि उनीहरुले बिश्व आदिवासी दिवसको अबसर पारेर बिहीवार बल्र्ड ट्रेड सेन्टरमा घोषणा सभा राखेका छन् ।
यद्यपि घोषणासभा रोक्न एमालेका जनजाति नेताहरु लागिपरेका छन् । ‘भोलिको घोषणा सभालाई रोक्ने प्रयास भइरहेको छ’ एमाले नेता अजम्बर काङ्गबाङ्ग राईले अनलाइनखबरसँग भन्नुभयो । भोलि नै पार्टी घोषणाको तयारीमा रहेका चैतन्य सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’उहाँहरुले भदौसम्मपखौं भन्नु भएको छ । हामीले नयाँ पार्टी गठन नगरि तयारी समिति मात्र भएपनि गठन गरौं भनेका छौं ।’
श्रोतका अनुसार अहिले एमाले नेताहरु र भोलि नै पार्टी घोषणाको तयारीमा रहेका जनजाति महासंघका नेतहरुबीच सहमतिको प्रयासमा वार्ता भइरहेको छ । पार्टी गठनको तयारी रोक्ने एमालेका जनजातिनेताहरुको प्रयास सफल भए भोलिको घोषणा सभा ‘अन्तरक्रिया कार्यक्रम’मा परिणत हुनेछ भने वार्ता असफल भए चैतन्य सुब्बा, पासाङ शेर्पा, जुगल दनुवार, कृष्ण भट्टचन लगायतले पार्टी निमार्ण तथा तयारी समितिको घोषणा गर्ने छन् । ‘भोलि नै तयारी समितिसम्म घोषणा गर्नेयोजना छ’ नेता भट्टचनले भन्नुभयो ।

No comments:

Post a Comment