Friday, August 10, 2012

अमेरिकी धावकले ओलम्पिकमा दौडदै गर्दा खुट्टा भाँचे

२६ साउन,एजेन्सी । लण्डनमा जारी ओलम्पिकमा अमेरिकी धावक मेन्टो मिचेल ४*४०० मिटरको रिले दौडका क्रममा खुट्टा भाँचेका छन् ।बिहिबार खेलिएको क्वालीफाइ खेलमा २०० मिटर दौडिएपछि उनको खुट्टामा अचानक दुखाइ शुरु भएको थियो तर उनले हार मानेन् र दौड पुरा गरिछाडे। पछि डक्टरलाई चेक गराउँदा उनको खूट्टा पुर्णुरुपले भाँच्चिएको थाहा भएको थियो।
२५ वर्षिय मिचेलले २०० मिटर भाँच्चिएको खुट्टाले पनि दोडियपचि अमेरिका फाइलनमा क्वालिफाइ भएको थियो ।
केही दिन अगाडी प्रसिक्षणमा चिप्लिएर लडेको उनले बताएका छन् तर त्यतिबेलै उनको खू्ट्टा भाच्चिएको हुन सक्ने अनुमान गरिएको छ।
खुट्टानै भाँच्चिएपनि उनको फ्र्याक्चर जटिल भनेछैन्, उनको खुट्टा ४ देखी ६ हप्तामा ठीक हुने बताइएको छ।

No comments:

Post a Comment