Friday, August 10, 2012

सत्ता कब्जा गर्न माओवादीले अर्को जाल फ्याँक्यो: ओली

२६ साउन, सर्लाही । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले बनाउने भनेको सङ्घीयता पक्षधरको मोर्चा सत्ता कब्जाको उद्देश्यले फालिएको अर्को एउटा जाल मात्र भएको आरोप लगाएका छन् ।
युवा संघ नेपालले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता ओलीले सत्ता कब्जाको उद्देश्यले फालिएका अनेकौँ जालमध्ये यो पछिल्लोरुप मात्र भएको दाबी गरेका छन् । उनले अहिले देशलाई जातीय दलदलमा फसाएर माओवादीले सत्ता कब्जा गर्न सकिन्छ कि भनेर नयाँ नारा ल्याएको उल्लेख गरेका छन् ।
संविधान नबन्नुमा एमाओवादीको सत्ता कब्जाको एक मात्र उद्देश्यले काम गरेको भन्दै उहाँले अरु अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरे । नेता ओलीले जातीय समानता, सामाजिक न्याय र अवसरमा पहुँच आवश्यक रहेको र त्यो काम एमालेले मात्र गर्न सक्ने जिकिर गरेका छन् । रासस

No comments:

Post a Comment