Friday, August 10, 2012

दाङमा फेरी बम आतंक

२६ साउन, दाङ । दाङ घोराहीको स्वर्गद्वारी टोलमा ग्रिनेट बम फेला परेको छ । घर अगाडी पार्किङ गरी राखिएको बा ८ च ७५६७ नम्बरको जीपमा झुण्याएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ । फेलापरेको बम ह्याण्ड ग्रिनेट भएको प्रहरीले जनाएको छ । घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
बम कस्ले कतिवेला राख्यो अहिलेसम्म खुलेको छैन । बम झुण्डीएको जीप घोराहीको वेस्टर्न डेभलपमेण्टबैंकका प्रबन्धक कमल केसीको भएको थाहा भएको छ । यसैबीच देउखुरीको चैलाही ३ देउपुरको अर्जुन खोला किनारमा फेलापरेको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

No comments:

Post a Comment