२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेस नेतृत्वको चुनावी सरकार स्वीकार्य नहुने एमाओवादीका अध्यक्ष प्रचण्डको भनाइृप्रति आपत्ति जनाउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति कोइरालाले प्रधानमन्त्री बनाउने-नबनाउने प्रचण्ड नभएको टिप्पणी गर्नुभयो । ‘उहाँ (प्रचण्ड) ले स्वीकार गरेर सबैनेपाल बन्ने उहाँले अस्वीकारगरेर नेपाल नबन्ने’ कोइरालाले भन्नुभयो-’उहाँ हो र प्रधानमन्त्री बनाउने र नबनाउने भन्ने ?’
प्रचण्डको भनाइ पाँचबुँदे सहमति विपरीत हो ? भन्ने पत्रकारहरुको प्रश्नमा कोइरालाले प्रचण्डको बोलीको कुनै ठेगान नभएको बताउनु भयो । “सबैलाई थाहा छ, सहमति एउटा गर्ने काम अर्को गर्ने, एउटासँग एउटा कुरा अर्कोसँग अर्को कुरा । उहाँको (प्रचण्ड)बोलीको ठेगानै छैन,” सभापति कोइरालाले भन्नुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा पुनःस्थापना भए कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै चुनावमा जाने हो भने माओवादीलाई कांग्रेसको नेतृत्व स्वीकार्य नहुने बताउनु भएको थियो ।
गतिरोध अन्त्यका लागि दलहरुबीच सहकार्यको विकल्प नभएको भन्दै सभापति कोइरालाले सहमतिको राजनीति सफल भएर छाड्ने विश्वास व्यक्त गर्नुभयो । ‘मुलुकको जे परिस्थिति छ, जतिसुकै अस्वीकार गरे पनि अन्ततोगत्वा मूलधारको राजनीतिमा आउनैपर्छ, सहमति र सहकार्य सफल भएर छाड्छ, यसको कुनै विकल्प छैन’-कोइरालाले भन्नुभयो ।
No comments:
Post a Comment