Friday, August 10, 2012

सहकर्मीकै कुटाइबाट एक नेपालीको मृत्यु

क्वालालम्पुर (मलेसिया) , श्रावण २६ -
आफ्नै सहकर्मीको कुटाइबाट मलेसियामा कार्यरत एक नेपालीयुवाको बिहीबार
मृत्यु भएको छ । धरमपुर ४ झापा घर भइ मलक्कास्थित अलोर गाजाको जुलिस
विष्कुट कम्पनीमा कार्यरत बल बहादुर तामाङको मृत्यु भएको हो ।
उनको संगै काम गर्ने अर्का नेपाली सुभोकलाल चौधरीले कुटेपछि मृत्यु भएको
सोही कम्पनीमा कार्यरत एक नेपालीले बताएका छन् । नाम नछाप्ने शर्तमा उनले
बताएअनुसार गत सोमबार राती सुतीरहेको बेला तामाङमाथि चौधरीले काठको छडीले
कुटपिट गरेपछि गम्भिर घाइते तामाङकोअस्पतालमा उपचारका क्रममा बिहीबार
मृत्यु भएको हो ।
करिब तीन बर्षअघिदेखि सो कम्पनीमा कार्यरत तामाङमाथि चौधरीले राती
सुतीरहेको मौकाछोपी अचानक आक्रमण गरेका थिए । पछि तामाङ गम्भिर घाइते
भएको अवस्थामा भेटिएका थिए । "घट्नास्थलमा काठको ठूलो छडीले तामाङलाई
कुटीरहेको अवस्थामा चौधरी भेटिएका थिए । हामीलाई देख्नेवित्तीकै उनी
त्यहाँबाट भागे । तामाङको टाउको, घाँटी र खुट्टामा गम्भिर चोट लागेको
थियो" सोही कम्पनीमा कार्यरत नेपालीले घटनाबारे भने "त्यसपछि तामाङलाई
नजिकैको अस्पातालमा पुर्याइयो तर हिजो अबेर मृत्यु भएको खबर आयो ।"
हाल घट्नाबारे त्यहाँ कार्यरत नेपालीलाई कम्पनीले फरार रहेका चौधरी पक्रन
अफ्ठ्यारो हुनसक्ने भन्दै मिडियामा खबर नगर्न भनेको उनले बताए । "कम्पनी
बोसले मिडियामा खबर गरेमा चौधरीलाईपक्राउ गर्न अफठ्यारो हुनसक्छ । अहिले
कतै केही नभन्नु भनेको छ" कम्पनी मालिकलाई उध्दृत गर्दै ती नेपालीले भने
"बरु पछि पक्राउपरेपछि भनौंला ।"
कुटपिट गर्ने चौधरी भने त्यसैदिनदेखि फरार छन् । फरार चौधरीबारे कम्पनीले
सम्पूर्ण विवरण प्रहरीलाई दिई खोजी कार्य भइरहेको बताइएको छ । सिरहाको
लहानका चौधरी कामकै शिलशिलामा करिब १० महिनाअघि मात्रै सो कम्पनीमा आएका
थिए । हाल घटनाबारे यहाँस्थित नेपाली दुतावासमा जानकारी दिने तयारी
भइरहेको त्यहाँ कार्यरत नेपालीले ईकान्तिपुरलाई बताए ।
कुटपीट पछि मृत्यु भएमा कुट्नेलाई हत्या गरेको बराबरकडा कार्बाही
हुनसक्ने बताइन्छ । मृतक तामाङ र उनलाई कुट्ने चौधरीबीच पहिलेदेखि नै
रिसीइबी भए/नभएकोबारे केही पनि खुल्न सकेको छैन । मृतक बलबहादुरको
परिवारमा दुई छोरी, एक छोरा र श्रीमती रहेको बुझिएको छ । त्यहाँ कार्यरत
नेपाली र कम्पनीले चौधरीबारे खोजी गरी प्रहरीलाई पक्राउ गर्न सहयोगगर्न
आग्रह समेत गरेको छ ।
http://www.ekantipur.com/nep/2069/4/26/full-story/352699.html

No comments:

Post a Comment