भरतपुर, श्रावण २७ - वीरगन्जका भूषण यादवका अनुसार वीरगन्ज १५ तेजारथटोलका तिलतमा भट्टराईलाई शनिबार राति सर्पले डसेपछि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइयो । आकस्मिक कक्षपुर्याउनेबित्तिकै चिकित्सकले बिरामीको उपचारका लागि भ्याक्सिन उपलब्ध नरहेको जनाए । आत्तिएको परिवारले भारतको रक्सौलस्थित डन्कन अस्पताल पुर्याए । सर्लाहीकी रिता सिन्जुरीलाईबुधबार बारीमा गोडमेल गर्दा सर्पले टोक्यो । परिवारले एम्बुलेन्समा उपक्षेत्रीय अस्पताल ल्याए । भ्याक्सिन अभावमा उपचार हुन सकेन । दुई साताअघि ठाकुरराम बहुमुखी क्याम्पस छात्रावासमा अनिता पौडेललाई सर्पले डसेपछि सीमापारि लग्नु पर्यो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक १५ जना सर्पले डसेका बिरामी आउँछन् । बारा, रौतहट र सर्लाहीका बिरामी उपचारका लागि आउँछन् । यहाँ पनि भ्याक्सिन अभाव छ । वीरगन्जका निजी स्वास्थ्य संस्थामा समेत भ्याक्सिन अभाव छ । उपक्षेत्रीय अस्पतालका मेसु विके झाले स्वास्थ्य विभागमा भ्याक्सिन अभावबारे पत्रचार गरेको बताए । आकस्मिक कक्ष इन्चार्ज अवध किशोर जयसवारका अनुसार यस्ता बिरामीलाई प्रारम्भिक डोज दिएर अन्यत्र रिफर गर्ने गरिएको छ ।
यस सातादेखि प्रारम्भिक डोज अभाव छ । 'एउटा बिरामीलाई ५० वटासम्म सुई लगाउनुपर्छ,' जयसवारले भने, 'गुणस्तर खस्केको छ ।' करेत सर्पले टोक्दा बढी डोज दिनुपरेको उनले जनाए । दैनिक एक दर्जनको संख्यमा आउने सर्पदंशका बिरामीलाई रक्सौलको डन्कन रिफर गर्न बाध्य रहेको उनले बताए । यस वर्ष पर्सा, बारा र रौतहटका १७ जनाले यही कारण ज्यान गुमाएको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।
निजगढबाट लक्ष्मी शाहका अनुसार जिल्लाको बबुआइन४ का ४५ वषर्ीय बिन्देश्वर बैठालाई शनिबार बिहान धान गोड्न जाँदा हातमा सर्पले डस्यो । परिवारले तुरुन्तै कलैया अस्पताल पुर्यायो । परिवारमा रुवाबासी मच्यो । उनी भन्छन्, 'संयोगले विष नभएको सर्पले टोकेछ ।' त्यसैदिन कलैया ११ की ३० वर्षीया चन्दादेबी कहारलाई ससुरालाई खाना खुवाउन घरबाट दैलोबाट निस्कने बित्तिकै सर्पले डस्यो । सर्पले डसेको ठाउँमा छिमेकीले ब्लेडले चिरेर रगत बगाइदिए । तुरुन्तै अस्पताल भर्ना गराए । उनले पनि विष नभएको सर्पले डसेकाले बाँचेको बताइन् ।
दिनहुँ सर्वसाधारण सर्पको डसाइमा परेका
छन् । बारा जिल्ला अस्पतालमा दुई महिनादेखि सर्पले डसेकाका लागि आवश्यक भ्याक्सिन अभाव छ । निजगढलगायत अन्य ३ प्राथमिक स्वास्थ्य केन्द्रमा त वर्षौदेखि 'एन्टी स्नेक भेनम' आएको छैन । औसतमा दैनिक ४ देखि ५ बिरामी आउने गरेको उनले सुनाए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मुक्तिनारायण साह भन्छन्, 'प्रायःलाई २४ घन्टा 'अभजरभेसन' मा राख्दा विष भेटिँदैनन्, नत्र औषधि चाहिन्छ ।' उनका अनुसार अस्पतालमा ३० भायलमात्र भ्याक्सिन छ ।
परासीबाट बेचु गौड लेख्छन्, भरपर्दो उपचार नहुँदा यस्ता बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा उपचार व्यवस्था नहुँदा धेरैकोअकालमा ज्यान जाने गरेको छ । टाढा लैजाँदा उपचार खर्चिलो हुन्छ । यहाँबाट सर्पले डसेका बिरामीलाई चितवन, भैरहवा र बुटवल उपचारार्थ लग्नुपर्छ । जिल्लामा नेपाली सेनाको बज्रदल गण त्रिवेणी क्याम्पमा उपचार हुने गरेको छ ।
'जिल्ला अस्पतालको भर परे ज्यान जान्थ्यो,' डेढ महिनाअघि गोमनले डसेका ऊर्जा तथा वातावरण इन्जिनियर रोबिन शर्माले भने, 'तुरुन्त बुटवल गएकाले ज्यान बच्यो ।' सुरुमा जिल्ला अस्पताल पुगेका उनलाई स्वास्थ्यकर्मीले सलाइन पानी चढाए। 'सास फेर्न गाह्रो भएपछि बुटवल गएँ, उनले भने ।'
जिल्ला अस्पताल मेसु रामलखन शाहले यहाँ सर्पदंशको प्राथमिक उपचारमात्र हुने गरेको बताए। त्यसपछि बुटवल र भैरहवा रिफर गर्ने गरेको उनी सुनाउँछन् ।
भैरहवाका माधव ढुंगानाका अनुसार प्रकोप बढे पनि उपचार प्रक्रिया प्रभावकारी हुनाले सर्पको डसाइका कारण मृत्यु हुने धेरै कम छ । यता उपचार प्रभावकारी भएकाले भारतीय बिरामी आउने गरेका छन् । यहाँ 'एन्टिस्नेक भेनम सेरभ' इन्जेक्सन धेरै स्वास्थ्य संस्थामा उपलब्ध छ । त्यसलाई निःशुल्क गराएको छ । 'डस्नासाथ अस्पताल ल्याइहाल्छन्,' भीम अस्पतालका मेसु मनोहर जोशीले भने, 'औषधि सहज र निःशुल्क पाइनाले क्षति कम हुँदै गएको छ ।' तथ्यांकअनुसार साउन तेस्रो सातासम्ममा सर्पले डसेर उपचारमा आएकाको संख्या १ सय ६ रहेको छ । जसमा बालकदेखि ८३ वर्षसम्मका वृद्ध छन् । मृत्यु कसैको भएको छैन । गत वर्ष उपचारका लागि आएका ७ सय ९१ मध्ये २ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
'सिमानादेखि ४० किमि टाढा भारतबाट उपचारार्थ यहाँ आउँछन्,' भीमको आकस्मिक कक्षमा कार्यरत नेत्र न्यौपानेले भने, 'गैरनेपालीलाई औषधि निःशुल्क छैन ।' उपचार प्रभावकारी भएकाले औषधि खरिद गरेर भए पनि भारतीय बिरामी उपचारार्थ आउने गरेका छन् । उनका अनुसार 'एन्टी स्नेक भेनम' इन्जेक्सनको भारतमा सहज पाइँदैन । चिकित्सक जोशीका अनुसार बिरामीमध्ये ९९ प्रतिशतको श्वासप्रश्वास गाह्रो भएर मृत्यु हुने गरेको बताउँछन् ।
तौलिहवाबाट मनोज पौडेलका अनुसार पूर्वपश्चिम राजमार्गस्थित जिल्लाको गोरुसिंगे सर्पदंश केन्द्रमा दाङ, प्यूठान र अर्घाखाँचीबाट यस्ता बिरामी आउने गरेका छन् । ५ वर्षअघि स्थापित केन्द्रले २४ घन्टे सेवा दिँदै अएको छ । स्थानीय सर्पदंश व्यवस्थापन समितिले केन्द्र सञ्चालन गरेको हो । प्राविधिक रूपमा कालीजंग गणले सहयोग पुर्याएको छ । गणका ४ चिकित्सक खट्ने गरेका छन् । बिरामीको अवस्था हेरेर उपचार गरिने समितिका सचिव नवीन भण्डारीले बताए । '९५ प्रतिशतलाई भर्नागरेर उपचार गछौं,' उनले भने, 'बचाउन मुस्किल पर्नेलाई रिफर गरिन्छ ।' वैशाखदेखि अहिलेसम्म १ सय ९५ ले उपचार गराए ।
No comments:
Post a Comment