२६ साउन, काठमाण्डौ । नेताले देश बिगारे भन्दै गाली गरेर नथाक्ने ब्यापारीहरु यतिबेला कमाउन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
अनियमितता रोक्न सरकारले निलो र रातो रंगका दुई सिलिण्डर बनाउने निर्णय गरेपछि ग्यास ब्यबसायीले आन्दोलन गरिरहेका छन् । उनीहरुकै आन्दोलनलाई पछ्याउँदै ‘सिण्डिकेट सम्राट’ भनेर चिनिने यातायात ब्यबसायीहरु आजदेखि अनिश्चीतकालिन हड्तालमा उत्रिएका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि सार्वजनिक यातायात चलाएका छैनन् । जसका कारण काममा जानुपर्ने सर्वसाधरणहरु यातायातका साधान नपाउँदा हिडेरै जान बाध्य भएका छन भने टाढा जानुपर्नेहरु कार्यालय र काममा पुग्न सकेका छैनन् ।
यीनै ब्यापारी हुन जसले सरकारसँग बार्गेनिङ गरेरै कानुनबिपरित सिण्डिकेट गरेर महंगो भाडा असुली सर्वसाधरणमाथि अन्याय गरिरहेका छन् । प्रतिस्पर्धात्म तरिकाले यातायात सेवा संचालन गर्ने कुरा गर्नासाथ उनीहरु तुरुन्तै आन्दोलनमाउत्रिइहाल्छन् । उनीहरुको एउटै माग हुन्छ- मनग्गे नाफा कमाउनुपर्छ ।’ यसपटक भने ट्राफिक प्रहरीलाई दिएको जरिवाना गर्ने अधिकार खोस्नुपर्ने, छुट्टै यातायात मन्त्रालय गठन गरिनुपर्ने लगायतका माग गरेका छन् । बिहीवार बेलुकी भएको पहिलो वार्ता असफल भएपछि उनीहरु शुक्रबार दिउँसो पुनः वार्ता गर्ने तयारीमा छन् ।
ब्यापारीक र घरायसी प्रयोजनका लागि छुट्टा छुट्टै सिलिण्डर बनाउन नहुने भन्दै ग्यास रिफिल गर्ने ब्यापारीहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले आयात र बिक्रिसमेत बन्द गर्ने चेतावनी दिएका छन् । जसका कारण काठमाण्डौंमा ग्यास अभाव हुन थालिसकेको छ ।
अत्याबश्यक सेवामा बन्द हड्ताल गर्न नपाइने कानुन भएपनि राज्य कमजोर हुँदा दादागिरि देखाउने ब्यापारीमाथि सरकारले कारवाही गर्न सकेको छैन् । ग्यास र यातायात जस्ता अत्यावश्यक क्षेत्र नितान्त ब्यापारीक मागका आधारमा ठप्प पारिंदा पनि सरकार बल प्रयोग गर्न नसक्ने अबस्थामा छ ।
No comments:
Post a Comment