Saturday, August 11, 2012

मडागास्करमा अलपत्र परेकालाई काठमाडौं ल्याइदै

२६ साउन, काठमाडौं । अफ्रिकी मुलुक मडागास्करमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबार राति काठमाडौं ल्याइदैछ । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन -आइओएम) र नेपाल सरकारको प्रयासमा उद्धार गरिएका १२ जना शुक्रबार र शनिबार गरी दुई चरणमा स्वदेश र्फकन लागेका हुन् ।
कतारको राजधानी दोहाबाट शुक्रबार राति ११ बजे म्याग्दीका सुवास थकामी, युवराज पुन, हरिशकुमार पुन, दीपक पुन र म्याग्दीका गम्मु पुन आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु कतार एअरवेजको उडानबाट आउन लागेका हुन् ।
मन्त्रालयका अनुसार यसैगरी नेपाल वायुसेवा निगमको उडानबाट शनिबार मलेसियाबाट दार्चुलाका देवसिंह वडा, तनहुँका रामबहादुर विक, कास्कीका धनबहादुर केसी र सोमराज तिम्सिना, नुवाकोटका बुद्धिमान तामाङ र सर्लाहीकाश्याम आलेमगर घर फर्किने छन् ।
सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो अलपत्र परेका नेपालीको सङ्ख्या ५० नभएको र बढीमा १५ जना रहेका जानकारी दिदै मन्त्रालयले केहीले घर र्फकन अनिच्छा प्रकट गरेको जनाएको छ । आइओएम, नेपाल सरकार र दक्षिण अपि|mकास्थित नेपाली दूतावासको संयुक्त प्रयासमा उनीहरूलाई उद्धार गरिएको हो । रासस

No comments:

Post a Comment