सोल, भाद्र १४ - बैदेशिक रोजगारको प्रलोभनमा नेपालीबाटै नेपाली ठगिएको समाचार आइरहेको बेला दक्षिण कोरिया को अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ब्यूरोले ग्वाटेमाला पठाई दिन्छु भन्दै नेपाली ठग्न प्रयास गर्ने तीन कोरिया लीलाई सोलमा पक्राउ गरेको छ ।
५३ र २९ बर्षका ली थर भएका दुई र ५८ बर्षका च्वे थर भएका एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले ती दलालहरुको नाम गोप्य राखेको छ । यहाँको अपराध अनुसन्धान ब्यूरोका अनुसार उनीहरुले गत डिसेम्बरमा रोजगारी गर्न ग्वाटेमाला पठाई दिने भन्दै ३८ जना नेपालीहरुबाट जनही २ लाखको दरले ७६ लाख रुपैयाँ उठाउने योजना बनाएका थिए । उनीहरु मध्ये एक जनालाई जेल चलन गरिएको र दुई जनालाई तारिखमा छोडिएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपालमा व्यावसाय गरिरहेका ५८ बर्षका च्वेको सहयोगमा ५३ बर्ष लीले पीडित नेपालीहरुको पासपोर्टमा स्पेनिश भाषा प्रयोग गरेर ग्वाटेमालाको नक्कली भिसा लगाएका थिए । सो नक्कली भिसामा २०१४ सालसम्म रोजगार गर्न ग्वाटेमाला जानुपर्ने उल्लेख गरेर इमेल तथा फयाक्सबाट ती नेपालीहरुलाई पठाइएको थियो ।
अधिकांश पीडितहरु नेपालमा चिकित्सक र शिक्षक रहेको पनि जनाइएको छ । प्रहरीले जेल चलान गरिएका ५३ बर्षीय लीको बैंक खातामा अत्याधिक रकम भएकाले अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने जनाउँदै अनुसधानलाई तीब्र बनाएको छ ।
No comments:
Post a Comment