Saturday, August 11, 2012

कालापत्थर बैठकको हेलिकेप्टर भाडा तिर्न अझै बाँकी

२७ साउन, काठमाण्डौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा बसाईएको मन्त्रिपरिषद् बैठकका लागि प्रयोग भएको हेलिकोप्टरको भाडा तीन बर्ष वितिसक्दा समेत सरकारले नतिरेको पाईएको छ । विभिन्न बाहाना बनाई सरकारले एक निजी कम्पनीलाई हेलिकोप्टर प्रयोग गरे वापतको भाडा नतिरेको हो ।
एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल नेतृत्वकोतत्कालीन सरकार जलवायु परिवर्तनबाट पर्ने असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषदको बैठक राखेको थियो । २०६६ साल माघ १९ गते बसेको सो बैठकका लागि आवत-जावत गर्न श्री एयरलायन्सका दुईओटा हेलिकोप्टर भाडामा लिएको थियो । सोही बैठकले डेनमार्कको कोपनहेगनमा सम्पन्न राष्ट्रसंघीय शिखर सम्मेलनका लागि १० बुँदे एजेन्डा पनि तयार पारेको थियो । तर, नेपाल नेतृत्वको सरकार परिवर्तन भएपछि आएका दुवै सरकारले लामो समयसम्मपनि विभिन्न बाहाना बनाएर भाडा नतिरेको खबर आजको राजधानी दैनिकले खबर छापेको छ ।
आफ्नो कम्पनीको हेलिकोप्टर प्रयोग गरेर कालापत्थरमा बैठक बसेपनि तीन बर्षसम्म भाडा बापतको रकम नदिएको श्री एयरलायन्सको भनाई छ । एयरलायन्सलाई सरकारले ३३ लाख दिने निर्णय गरेको थियो ।

No comments:

Post a Comment