Tuesday, July 24, 2012

क्यासिनोमा हारेपछि निर्देशकले विष सेवन गरे

९ साउन, काठमाण्डौ । जिन्दगीभर कमाएको पैसाले बनाएको घर क्यासिनोमा हारेपछि चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले आत्महत्या प्रयास गरेको खुलेको छ । क्यासिनोमा सवै सम्पत्ति हारेपछि जीवनबाट हार खाएका देउजाले सोमबार अपरान्ह काठमाण्डौको गोकर्ण जंगलमा पुगेर बिष सेवन गरेका थिए । रेडबुलमा बिष मिसाएर पिएका देउजालाई अचेत अबस्थामा प्रहरीले फेला पारेको थियो ।
उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आईसीयुमा भर्ना गरिएको छ । चिकित्सकले उनको अबस्थाबारे केही भन्न नसकिने बताएका छन् । राष्ट्रवैंकका सहायक निर्देशकसमेत रहेका देउजा मुनामदन लगायत चर्चित चलचित्रका निर्देशक हुन् । क्यासिनोमा जुवा खेल्ने लत भएका देउजाले पछिल्ला सातामा करिव एक करोड रुपैयाँ क्यासिनोमा गुमाएका उनका निकटवर्तीहरु बताउँछन् ।
यही सातामात्र क्यासिनोमा उनले ५० लाख रुपैयाँ क्यासिनोमा गुमाएका थिए । जुवा खेल्दा कपनमा रहेको आफु बस्ने घर नै गुमेपछि उनी तनावमा थिए । जुवाका कारण पारिवारिक तनाब बढेको र डिप्रसेसन भएका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने बताइएको छ ।
देउजाले आत्महत्या गरेको खवर आएपछि गएरातीदेखि नै अस्पताल परिसरमा फिल्मकर्मीहरु पुगेका थिए ।

No comments:

Post a Comment