Sunday, July 15, 2012

मलेसियामा सबैभन्दा बढी नेपाली रोजगारमा

काठमाडौं, असार ३१ (नागरिक)- नेपाली हावापानी सुहाउँदो भएकाले मलेसियामा सबैभन्दा बढी नेपालीवैदेशिक रोजगारीमा गएका छन्। अर्थमन्त्रालयले शनिबार जारी गरेको आर्थिक वर्ष २०६७/०६८को आर्थिक सर्वेक्षण अनुसार ७ लाख ४२ हजार ३ सय ६३ जना नेपाली मलेसिया कामका लागि गएका छन्।
वैदेशिक रोजगारीमा गएका २३ लाख ५८ हजार ७ सय १० जना मध्ये यति नेपाली मलेसिया गएका हुन्। मलेसियामा नेपालीका लागि चार फाइदा छन्।
नेपालको जस्तै हावापानी, स्वतन्त्रता भएको, नेपालीलाई सद्भाव राख्ने मुलुक र अदक्ष कामदारका लागि सजिलै काम गर्न पाइने फाइदा छन्। मलेसिया सरकारले बंगलादेशी कामदारलाई जान रोक लगाएपछि नेपाली जाने क्रम बढेको हो।
मलेसिया सरकारले सन् २००८मा बंगलादेशी कामदारलेसामाजिक सद्भाव विगारेको भन्दै कामदार लिन रोक लगाएको थियो। यही प्रतिवन्धको फाइदाले बढी नेपाली मलेसिया गएका हुन्।
सर्वेक्षणका अनुसार मलेसिया पछि कतार नेपाली जानेमा दोस्रो स्थानमा छ। कतारमा ६ लाख ६१ हजार ५ सय ५५ जना नेपाली कामका लागि गएको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षणका अनुसार साउदी अरबमा ४ लाख ७८ हजार ७ सय १६, संयुक्त अरब ईमिरेट्समा ३ लाख १ हजार ७२ नेपाली कामका लागि गएका छन्।
स्वदेशमा रोजगारको अवसर नभएपछि वैदेशिक रोजगारमा जाने युवाको आर्कषण अझै बढेको देखिएको छ। सर्वेक्षणका अनुसार औपचारिक र अनौपचारिक आधारमा अहिले ३० लाख भन्दा बढी नेपाली विदेशमा कामका लागि गएका छन्। सर्वेक्षणका अनुसार २०६६/०६७को एक वर्षमा देशभरका ५६ प्रतिशत परिवारले विप्रेषणको रकम पाएका छन्। विदेशमा रहेका नेपालीले कमाएको रकम विप्रेषण पाउने परिवारको संख्या पछिल्लो १५ वर्षमा बढिरहेको छ

No comments:

Post a Comment