Sunday, July 15, 2012

भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट कुटिए , एकजना पक्राउ

चाँदनी हमाल, चितवन, असार ३१- बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले भरतपुर अस्पतालमा सुपरिटेण्डेन्ट महेन्द्रराज न्यौपानेलाई कुटेका छन्। हिजो मात्रै मृत्यु प्रकरणमा भरतपुरको आशा अस्पतालमा तनाव भएको थियो।
मकवानपुर मनहरीका ५४ वर्षिय बिरामी रामहरी सामरीको गएराति अस्पतालमा ज्यान गएपछि उनीहरुलेसुपरिटेण्डेन्ट न्यौपानेलाई कुटेका हुन्।
टिबी र दमका बिरामी रामहरीलाई अक्सिजन दिएर राखिएको अवस्थामा गएराति सुपरिटेण्डेन्ट न्यौपानेले अस्पतालमा अक्सिजनको कमी रहेकाले धेरै अक्सिजन लाउन नहुने भन्दै बिरामीको अक्सिजन झिकिदिएपछि उनको मृत्यु भएको आरोप आफन्तले लगाएका छन्।
बिरामीको मृत्यु अक्सिजन बन्द गराएकाले भएको भन्दै मृतकका छोरा राजन सामरीले चिकित्सकको लापरबाही भएको बताए।
न्यौपानेको आँखा नजिक विभिन्न ठाउँमा चोट लागेको छ। मार्ने जसैगरी कुटे उनले पत्रकार सम्मेलन गरी भने अस्पतालमा यसरी सधै आक्रमणले सुरक्षामा प्रश्न लागेको छ। कुटपिट गर्ने रामहरीका छोरा कृष्णहरी सामरीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।
अहिले बिरामीका आफन्तहरुले अस्पतालमा विरोध गरिरहेका छन् भने चिकित्सकमाथी पटक पटक आक्रमण भएको भन्दै चिकित्सकहरुको आकस्मिक बैठक बसेर आकस्मिक बाहेक जिल्लाका सबै सेवा ठप्प पारेका छन्।
सुरक्षाका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको चिकित्सक संघ चितवनका अध्यक्ष डा.भोला रौनियारले बताए। उता मृतकका आफन्तले साधन र यात्रुहरु बाटैमा अलपत्र परेका छन्। संघले आज अस्पतालका सेवा बन्द गराएसँगै स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयन , अस्पतालको सुरक्षा दिन नसक्ने प्रशासनिक निकायलाई कारबाही र सुरक्षाकोप्रत्याभुतिको माग गर्दै आन्दोलनको घोषणा समेत गरेका छन्। हिजोमात्रै भरतपुरको आशा अस्पतालमा बिरामी मृत्यु प्रकरणमा तनाव भएको थियो भने बिहिबार क्यान्सर अस्पतालमा तनाव भएको थियो।

No comments:

Post a Comment