अमर खड्का, इटहरी, असार २२- युनाइटेड अरब इमिरेटस् (यूएई) मा हत्या गरिएका भनिएका सुनसरी हाँसपोसाकागणेशबहादुर बस्नेतका आफन्त पत्ता लगाउँन माइकिङ् गरिने भएको छ। उनको हत्या आरोपमा पर्वत चित्रे-५ का ३० वर्षे दुर्गाबहादुर सुनारलाई मृत्युदण्ड सजाय कार्यान्वयन हुन तीन महिनामात्र बाँकी रहेका बेला मृतकका आफन्त कोही पत्ता नलागेपछि खोजी गर्न माइकिङ् गर्न लागिएको हो।
‘सात महिनादेखि गाबिसले सम्पूर्ण तथ्याङ्क हेर्दा पनि पत्ता लगाउँन नसकेको र जिल्ला प्रशासन कार्यालयले बस्नेतका आफन्त पत्ता लगाउँन ताकेता गरेपछि शनिबारदेखि माइकिङ् गरिनेभएको छ,' हाँसपोसा गाबिसका कर्मचारी सञ्जिव खड्काले भने। उनका अनुसार गाबिस कार्यालयले नौवटा वडामा गएर बस्नेतका आफन्त पत्ता लगाउँदा समेत केही फेला नपरेकाले अन्तिम पटक माइकिङ् गर्न लागिएको हो।
गाबिस कार्यालयमा बस्नेतको कुनै कागजात छैन्। ‘बसाई-सराई, मतदाता नामावली, मृत्युदर्ता लगायतकाकेही प्रमाण छैन,' खड्काले भने।
बस्नेत वंशालवली केन्द्रीय समितिका सचिब भोला बस्नेतले हत्या गरिएका भनिएका गणेशका आफन्त पत्ता लगाउँने काम युद्धस्तरमा भइरहेको बताए। ‘सवैतिरबाट पत्ता लगाउँन काम भइरहदा पनि आफन्तमात्र होइन, गाउँलेले समेत चिन्न फेला नपरेकाले गर्दा अचम्भित भएका छौ,' उनले भने।
हाँसपोसाका स्थानीय बासीन्दा प्रकाश राईले हत्या गरिएका बस्नेतबारे सवैको चासो रहे पनि आफन्त कोही फेला पर्न नसक्नाले सवै नक्कली डकुमेन्ट भएको आशंका गरे। सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर थापाले बस्नेतका आफन्त पत्ता नलागेपछि अब उनी गएको मेनपावर पत्ता लगाउँने र अनि खोजी गरिने बताए। मारिएका गणेशका बाबु मोहन भएको सवै कागजातमा उल्लेख भएपनि उनको समेत केही प्रमाण फेला परेको छैन्।
यूएइको सारजहाँस्थित अदालतले सुनारलाई झुन्डियाएर मृत्युदण्ड दिने सजाय सुनाएको थियो।सुनारलाई अदाललते माफीका लागि पीडित परिवारसँग सहमति गर्न आगामी सेम्टेम्बरसम्मको समय दिएको छ। इस्लामिक कानुन अनुसार पीडित परिवारले ब्लड मनी स्वीकार गरे माफी हुन सक्छ।
No comments:
Post a Comment