काठमाडौं, असार २८ - मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष नन्दकुमार दत्तले सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवमाथि पैसाको चलखेल गरी गलत प्रक्रियाबाट पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
आफ्नो समूहका केन्द्रीय सदस्यहरुसहित राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी दत्तले यादवलाई निष्काशन गर्न हस्ताक्षर गर्ने १४ जना बहुमत केन्द्रीय सदस्यहरु आफूहरुको पक्षमा अडिगरहेपछि पैसाको चलखेलमा लागेको आरोप लगाएका हुन् ।
‘राजकिशोरजी पैसाको चलखेलमा सक्रिय हुनुहुन्छ,’ दत्तले भने, ‘पैसाकै बलमा पार्टी कब्जागर्ने षड्यन्त्र विफल हुन्छ ।’ यादवविरुद्ध हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुलाई खोजीखोजी पैसाको लोभ देखाउन गिरोहलाई सक्रिय बनाएको उनको आरोप थियो ।
विधि र प्रक्रियासंगत रुपमा कावा अध्यक्ष हटाएको भन्दै निर्वाचन आयोगले हस्ताक्षर परीक्षण गरी छिटो निर्णय दिनुपर्ने उनले बताए । उनले प्रश्न गरे, ‘पार्टी विधानबमोजिमबहुमत केन्द्रीय सदस्यहरुले कामु अध्यक्ष हटाएपछि निर्वाचन आयोगलाई आधिकारिकता प्रदान गर्न के को ढिलाई ?’
No comments:
Post a Comment