मनोज अधिकारी, पोखरा, असार २८- माओवादी कास्कीका जिल्ला कमिटी सदस्य इन्द्रजंग गुरुङएक सातादेखि बेपत्ता भएका छन्। काठमाडौंबाट पोखरा हिंडेका उनी गत शुक्रबारदेखिपरिवार र आफन्तको सम्पर्कमा नआएपछि खोजी सुरु भएको छ।
झण्डै चार महिनाअघि लडेर खुट्टा भाँचिएका दाजु नरेन्द्र गुरुङको उपचारका क्रममा राजधानीमा रहेका उनी असार २२ गते पोखरा हिंडेका थिए। गुरुङले पोखरा जाने खबर गरे पनि उनको मोबाइलको कल डिटेलका आधारमा अन्तिम सम्पर्कस्थान राजधानीकै धोवीघाट देखिएको आफन्तले बताएका छन्। प्रहरीले कल डिटेलका आधारमा अन्तिम समयमाफोन सम्पर्क भएका केही शंकास्पद व्यक्तिमाथि अनुसन्धान थालेको छ।
स्थायी घर कास्की सिल्दजुरे गाविस भए पनि ३२ वर्षीय उनी अविवाहीत रहेकाले दाजुभाउज्यूसँग पोखराको मियापाटनमा बस्दै आएका थिए। परिवारको सल्लाहबमोजिम पोखरा हिंडेका उनी सम्पर्कमानआएपछि आफन्तले खोजीका लागि गत आइतबार प्रहरीमा निवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले मोबाइलको कल डिटेलका आधारमा पछिल्लोपटक सम्पर्क भएका केही व्यक्तिमाथि अनुसन्धान थाले पनि उनको अवस्था भने खुल्न नसकेको जनाएको छ। पछिल्लो पटक रुपन्देहीको बेलहियाबाट उनको मोबाइलमा सम्पर्क भएको खुलेको छ। यस्तै अस्पतालमै अर्का विरामीका कुरुवा टीका भन्ने व्यक्तिसँग पनि उनको अन्तिम सम्पर्क भएको फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्यामकृष्ण अधिकारीले गुरुङ काठमाडौंबाट हराएकाले खोजी कार्य जटिल बनेको बताए। अधिकारीले मोबाइल कल डिटेल हेरेर अनुसन्धान थालिए पनि उनी पोखरा आइनपुगेको देखिएकोजानकारी दिए।
'सबै कल डिटेल हेर्दा उनी बेपत्ता हुनु पर्ने कुनै अवस्था खुलेको छैन' डिएसपी अधिकारीले भने,'अहिलेसम्मको अनुसन्धानमा दाजुको खुट्टा काट्नु परेको र घरायसी समस्याका कारण उनीमाथि विवाहको दवाव परेको मात्र बुझिन्छ।'
दाजुको उपचारका लागि तीन महिनादेखि ललितपुरको बि एण्डबि अस्पतालमा बस्नु परेकाले घरमा ताला लगाएर भाउज्यू र उनी समेत उतै बस्दै आएका थिए। परिवार निकट व्यक्तिकाअनुसार उमेर पनि भएको र घरायसी अप्ठेरो समेत परेको भन्दै दाजुभाउज्यूले उनको विवाहको कुरा गर्दै आएका थिए।
'परिवार र उनका साथीभाईको सरसंगत हेर्दा बेपत्ता हुनुपर्ने कुनै कारण र शंका हामीले पाएका छैनौं' पार्टीका जिल्ला सेक्रेटरी बखानसिंह गुरुङले भने,'उनी दाजुको उपचार खर्च जुटाउने अभियानमा थिए।'
उनकाअनुसार, दाजुको उपचारका क्रममा खुट्टा काटेर नक्कली खुट्टा हाल्नुपर्ने र त्यसकालागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने भएपछि इन्द्रजंग केही तनावमा भने थिए। यसबाहेक घर छाडेर हिंड्नुपर्ने कुनै कारण अहिलेसम्म नदेखिएको उनले बताए।
एसपी अधिकारीले अन्तिम पटक रुपन्देहीको एक ल्याण्डलाइन फोनमा १६-१७ मिनेट कुरा भए देखिए पनि त्यसमा उनी बेपत्ता हुनुपर्ने कुनै कुरानखुलेको बताए। यसबाहेक अन्य एक-दुईवटा सम्पर्क नम्बरमाथिअनुसन्धान भइरहेको उनले जानकारी दिए।
No comments:
Post a Comment