काठमाण्डौ, असार २३ (नागरिक) - प्रधान मन्त्री बाबुराम भट्टराई आज भक्तपुरको एक गाउँमा रात काट्न जाने भएका छन्। एक महिनाअघि जनतासँग प्रत्यक्ष कुराकानी गर्न उनीकाठमाडौंको उत्तरी गाउँ झोर पुगेका थिए। त्यही अभियानअन्तर्गत उनी आज राति भक्तपुरको गाउँमा जाने भएका हुन्।
गोरखा क्षेत्रनं २ बाट संविधानसभामा निर्वाचित भए पछि महिनाको एक पटक जिल्ला पुग्ने गरेका भट्टराईले संविधानसभा भंग भएपछि हरेक महिना विभिन्न जिल्लाका ग्रामिण भेगका जनतासँग अन्तरक्रियाको लागि पुग्ने घोषणा गरेका थिए।
प्रधानमन्त्रीले सो क्षेत्रका स्थानीय वासिन्दासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
No comments:
Post a Comment