Friday, July 6, 2012

लडाकुहरु सिविर बाहिर, रकम हिनामिना भएको दावी

चाँदनी हमाल, चितवन, असार २२ - सेना समायोजको अन्तिम चरणमा रहेका माओवादी लडाकुहरु सिविर बाहिर निस्केर विरोध जनाएका छन्। सेनामा भर्ती गर्दा सम्मानजनक व्यवहार नभएको भन्दै उनीहरुले सिविरभित्र भएको आर्थिक हिनामिना सार्वजनिक गर्नसमेत माग गरेका छन्।
३ सयभन्दा बढी लडाकुहरु बहिर निस्केर प्रदर्शन थालेपछि भर्ती प्रकृया रोकिएको छ। अनमिनले प्रमाणिकरण गरेको आधारमा भर्ती हुन पाउनुपर्ने उनीहरुको माग छ। ‘हामीलाई राजनीतिक दलहरुले खेलौनालाई जस्तो व्यवहार गरेका छन्,' लडाकु रामचन्द्र चालिसेले भने, ‘छोरा छोरीको बाबु भइसकेकालाई समेत उमेर पुगेन भनेर फाल्न खोजिएको छ।'
आर्थिक हिनामिनाका साथै उनीहरुले आफूहरुबाट उठाइएको लेवीसमेत फिर्ता हुनुपर्ने माग अगाडि सारेका छन्। साथै समायोजनामा जान नचाहनेलाई एकमुष्ठ रकम उपलव्ध गराउनसमेत उनीहरुको माग छ।
‘नयाँ भर्ती हुन आएको जस्तो व्यवहार भयो,'लडाकु मेनुकाले भनिन्, ‘अहिले हाम्रो हाल बाल सिपाहीको जस्तो भएको छ।'

No comments:

Post a Comment