Sunday, July 15, 2012

एक सेकेन्ड पनि प्रधानमन्त्रीमा बस्दिनँ : भट्टराई

काठमाडौं, असार ३१ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान जारी गर्ने विधिमा सहमति बने आफू एक सेकेन्ड पनि प्रधानमन्त्रीको रुपमा नबस्ने बताएका छन्। एभिन्युजटिभीको वार्षकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने- ‘संविधान जारी गर्नेविधिमा सहमति खोजौं, म एक सेकेन्ड पनि प्रधानमन्त्रीमा बस्दिन।'
उनले सरकार प्रेसप्रति सरकारउदार रहेको खुलस्त पारे। सरकार प्रेस विरोधी भयो भनेर चर्चा भइरहेका बेला प्रधानमन्त्री भट्टराईले भने- ‘अहिले भएका विद्युतीय सञ्चारमाध्यम सम्बन्धी नियम ऐनहरु पहिलेकै हुन्। यो सरकारले सञ्चारमाध्यमलाई कुण्ठित गरेको छैन र गर्ने सोच पनि राख्दैन।'

No comments:

Post a Comment