http://www.ekantipur.com/nep/2069/2/28/full-story/349254.html
Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$सर्लाही, जेष्ठ २८ - माओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अग्रगामी र यथास्थितिवादीबीचको संघर्षकै कारण कार्यभार पूरा नगरी संविधानसभाको अवसान भएको बताएका छन् ।
सर्लाहीको हरिवनमा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले जनताको ६ दशकको प्रतीक्षापछि पाएको संविधानसभा विघटनको विकल्पमा फेरि पनि जनताद्वारै संविधान बनाउने प्रकृयामा जानुपर्ने बताए ।
सरकारले पुनः संविधानसभा निर्वाचनको घोषणा गर्नु बाध्यात्मक विकल्प भएको उनले दाबी गरे । 'वर्तमान संकटको निकास राष्ट्रिय सहमति नै हो,' उनले भने, 'सहमतिका लागि छलफल र प्रयास जारी छ ।'
राष्ट्रिय सहमतिका लागि संविधानमा पहिचानसहितको संघीयता माओवादीको बटम लाइन भएको उनले स्पष्ट पारे । कुनै पार्टीको नाम नलिई उनले यथास्थितिवादीका कारण जनताको आकांक्षा पूरा हुननसकेको बताए ।
सहमतिका लागि प्रधानमन्त्रको राजीनामा माग भइरहेको प्रसंगमा उनले जेठ १४ गते प्रधानमन्त्रीले खल्तीमा राजिनामा बोकेर हिँडेको जानकारी दिए । 'सहमति हुन्छ अनि राजीनामादिने भनेर तयारी भएको थियो,' उनले भने, 'कसैको सत्ताको तृष्णा मेटाउनका लागि नभई संविधान बन्छ भने जे पनि त्याग्न तयार छौं ।'
माओवादी पार्टी फुट्ने तयारी भएको प्रसंगमा उनले आफूहरू एकताको पक्षमा रहेको बताए । 'उता (किरणपक्ष) पनि पार्टी फुटाउनु हुन्न भन्ने साथीहरू हुनुहुन्छ,' उनले भने, 'एकता हुनुपर्ने हो । अहिलेको आवश्यकता पनि एक भएर जानुपर्ने छ ।'
माओवादी जिल्ला समितिद्वारा हरिवनमा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सहभागी हुन श्रेष्ठ मध्याह्न सर्लाही आएका थिए । प्रशिक्षण कार्यक्रममा बैद्यपक्षीय जिल्लास्तरीय नेता भने सहभागी भएका छैनन् ।
प्रकाशित मिति: २०६९ जेष्ठ २८ ०३:२६
अरु फोटोहरु »$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё
No comments:
Post a Comment