३० फागुन, काठमाडौं । नेकपा-माओवादीसहितका २२ दले प्रधानन्यायाधीश खिलराज
रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका
छन् ।
आफूहरुको विरोधका वाबजूद चार दल रेग्मीको नेतृत्वमा सरकार बनाउने तयारीमा
जुटेपछि २२ दलले बैठक गरेर आन्दोलनको चेतावनी दिएका हुन् । असंवैधानिक
रुपमा न्यायपालिकाका प्रमुखलाई चुनावी सरकारको नेतृत्व दिने षडे्यन्त्र
भइरहेको भन्दै २२ दलले यदि त्यसो गरिए देशभर आन्दोलन चर्काउने निर्णय
गरेको छन् । 'चार दलले प्रधानान्यायाधीशलाई प्रधानमन्त्री वनाउने तयारी
गरिरहेका छन् । त्यसप्रति हाम्रो विरोध छ' माओवादी अध्यक्ष मोहन वैद्य
किरणले भन्नुभयो ।
वैद्यले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नवनाउन २२ दल नै शीतलनिवास
पुगेर राष्ट्रपतिलाई दवाब दिने बताउनुभयो । यदि राष्ट्रपतिले पनि
आफूहरुको कुरा नसुने देशभर आन्दोलन चर्काउने उहाँको चेतावनी छ ।
माओवादीको पहलमा भएको बैठकमा प्रचण्ड नेतृत्वको सघीय लोकतान्त्रिक
गणतान्त्रिक गठवन्धन र कांग्रेस-एमाले गठवन्धनमा सहभागी दलको समेत
सहभागिता थियो ।
कांग्रेस एमालेले धोका दिएः सीपी
बैठकमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीले कांग्रेस-एमालेले
आफूहरुलाई धोका दिएको आरोप लगाउनु भयो । 'उनीहरु एमाओवादीको षड्यन्त्र मा
लुटपुटिएर हामीलाई मात्र हैन, देशलाई नै धोका दिइरहेका छन्' उहाँले
भन्नुभयो ।
उहाँका अनुसार २२ दलको जोड दलहरुकै नेतृत्वमा सरकार बन्नु पर्ने भएपनि
खिलराजले प्रधान्यायाधीश पदबाट राजीनामा दिएमा भने विरोध मत्थर हुन सक्छ
।
२२ दलको विज्ञप्ति
No comments:
Post a Comment