उदयपुर, जेष्ठ २७ - प्रधानमन्त्री बाबुराम भट्टराई चढेको हेलिकोप्टरमा समस्या भएपछि आकस्मिक अवतरण भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले भने जहाजमा खरावी नभएको दाबी गरेको छ ।
प्रधानमन्त्री भट्टराई नेपाली सेनाको भूल्केस्थित १८ नम्बर बाहिनीमा साँझ ५ बजेर १९ मिनेटमा अवतरण भएका थिए । काठमाडौंबाट सेनाको अर्को हेलिकोप्टर आएपछि प्रधानमन्त्री फर्केका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले साँझ सवा ८ बजे प्रधानमन्त्री काठमाडौं अवतरण भएको जानकारी दिए । 'जहाजमा खरावीआएको थिएन,' उनको दाबी थियो, 'उदयपुरसम्म एउटामा र त्यसपछि अर्को जहाजमा काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम हो ।'
प्रधानमन्त्री धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी भएर काठमाडौं फर्कंदैथिए । प्रधानमन्त्रीले शनिबार नै कोसी प्रभावित क्षेत्रको अवलोकनमा पनि गएका थिए ।
No comments:
Post a Comment