काठमाडौ, जेष्ठ २७ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा सरकारका पछिल्ला गतिविधि, पार्टी एकता लगायतका विषयमा छलफल भएको छ ।
उपाध्यक्ष मोहन वैद्य पक्षधरले आगामी असार १ गते नै कार्यकर्ता भेला बोलाएको सन्र्दभमा त्यसलाई स्थगित गरी पार्टी एकताको लागि विशेष पहल गर्ने विषयमा कुराकानी भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।आगामी असार १ गते हुनेबृहत् जनसभालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा पनि छलफल भएको खकुरेलले बताए ।
सो अवसरमा राष्ट्रिय सहमतिका लागि अन्य राजनीतिक दलहरुसँग भइरहेको प्रयास र आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भएको थियो ।
सरकारविरुद्ध मोर्चाबन्दी गरेको भन्दै आन्दोलनमा उत्रिएका राजनीतिक दलहरुसँग विवाद बढाएरभन्दा पनि वार्ता र छलफलबाटै अगाडि बढ्नुपर्नेमा पनि कुराकानी भएको थियो । रासस
प्रकाशित मिति: २०६९ जेष्ठ २७ १२:०९
No comments:
Post a Comment