काठमाडौं, असार १४ (नागरिक)- प्रधानमन्त्री बावुराम भट्टराईले बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग छलफल गरेका छन्। उद्योगीसँग भेट गर्दै उनले दलहरुले अहिले आवेगमा आक्रोस पोखे पनि सहमतिमा आउनुको विकल्प नभएको बताए।
सहमति र निकासका लागि उद्योगी व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्नेमा जोड दिएका प्रधानमन्त्रीले कुर्सीको दौडमा आफू नरहेको उल्लेख गरेको प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले पठाएको प्रेस नोटमा उल्लेख छ।
उद्योगीहरु समक्ष प्रधानमन्त्रीले सर्वोच्चको आदेशमा टेकेर संविधानसभाको निर्वाचनको घोषणा गरेको बताएका थिए। निर्वाचनको अर्को विकल्प नभएको पनि उनले दाबी गरेका थिए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलमा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल सहितका उद्योगीहरुले प्रधानमन्त्रीलाई सत्ताको खेलमा सहमति जुटाउन आग्रह गरेका थिए।
No comments:
Post a Comment