काठमाडौ, जेष्ठ २९ - संविधानसभाको विघटन र नयाँ निर्वाचनको घोषणासंगै आन्दोलनमा रहेका विपक्षी दल कांग्रेस र एमाले नयाँ रणनीति तय गर्न छलफलमा जुटेका छन् । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान दुई दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर सर्वदलीय सरकार कसरी गठन गर्ने तथा भावी आन्दोलनका कार्यक्रमबारे रणनीति तय गर्न बैठक बसेको एक नेताले जानकारी दिए । बैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय कृष्ण सिटौला, प्रकाशमान सिंह र नेता रामशरण महत तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, बामदेव गौतम र भीम रावल सहभागी छन् ।
जेठ १४ गते संविधान जारी नगरी संविधानसभाको म्याद सकिएको तथा प्रधानमन्त्री भट्टराईले संविधानसभाको नयाँ निर्वाचन मसिंर ७ गतेलाई घोषणा गरेपछि दलहरुबीच तिब्र ध्रुविकरण भएको छ । कांग्रेस-एमालेलले अन्य साना दलहरुलाई साथमा लिएर सरकार विरुद्ध संघर्ष सुरु गरेको छ ।
No comments:
Post a Comment