Monday, June 11, 2012

प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतसंगछलफल

प्रधानमन्त्री बाबुराम भट्टराई सोमबार काठमाडौंस्थित विभिन्न कुटनीतिक नियोगका प्रमुख तथाराजदूतसंग छलफल गरेका छन् । उनले आफ्नो सरकारी निवास बालुवाटारमा सबैलाई एकैसाथ आमन्त्रित गरेर जेठ १४ पछि उत्पन्न परिस्थिति बारे जानकारी गराएका हुन् ।
भट्टराईले दलहरुबीच सहमति बने आफू त्यसका लागि सहयोगी हुने प्रतिवद्धता फेरि पनि व्यक्त गरेका छन् । उनले लोकतन्त्रमा सबभन्दा राम्रो विकल्प निर्वाचन भएको भन्दै संविधानसभा विघटन पछि गरिएकोनिर्वाचन घोषणाको बचाउ समेत गरेका छन् । उनले सदाझैं सरकारलाई सहयोग प्राप्त भइरहने विदेशी कुटनीतिकसंग अपेक्षा पनि व्यक्त गरे । उनले आफू १० महिना अगाडि प्रधानमन्त्री हुँदा देखिको परिस्थिति र त्यसपछि शान्ति प्रक्रियामा भएका उपलब्धी बारे पनि 'बि्रफ' गरेका छन् ।भट्टराईले सरकारले गरेको निर्वाचन घोषणा, राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास तथा नेपालको आर्थिक अवस्थाका बारेमा पनि जानकारी गराएका छन् । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बिजय गच्छदार, अर्का उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment