Thursday, April 26, 2012

मलेसियामा एक युवाद्वारा हाम्फालेर आत्महत्या

नेपालीहरुका लागि व्यापारिक केन्द्र समेत भनेर चिनिने यहाँको कोतारायमा बिहीबार (आज)बिहान एक नेपाली युवाले हाम्फालेर आत्महत्या गरेका छन् ।
कोतारायस्थित परदेशी रेष्टुरेण्ट अवस्थित चारतले भवनमाथिबाट बिहीबार बिहान करिब ९ बजे हाम फालेर सान्थाक्रा ४ घर भएका शेरबहादुर लिम्बुले आत्महत्या गरेका हुन् ।
करिब २६ बर्षीय लिम्बु केही बर्ष अघिदेखि यहाँ अवैधानिक रुपमा बस्दै आएका थिए । वैधानिक बनि यहीं काम गर्ने तयारीमा रहेका उनको आत्महत्याको कारण खुल्न सकेको छैन ।
उनी मानसिक रोगी रहेको बुझीएको छ । शवलाई हाल पोष्टमार्टमका लागि यहाँ स्थित एक स्थानीय अस्पतालमा राखीएको छ ।

No comments:

Post a Comment