Thursday, April 26, 2012

जन्ती बस दुर्घटनामा चारको मृत्यु

डोटी, वैशाख १४ - जन्ती लिएर फर्कंदै गरेको ना १ ज ३०६३ नम्बरको जीप खस्दा बिहीबार साँझ डोटीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बोहराका अनुसार मृत्यु हुनेमा दुर्गामाण्डौ ४ का बालासिंह खड्का, सोही गाउँका गोरे नेपाली, रानागाउँ वडा नं. ६ को किर्ते कठायत छन् । अर्का एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
घाइतेहरुको उपचारका लागि क्षेत्रीय सदरमुकाम राजपुर स्थित सुजुङ्ग असपतालमा लगिएको छ । राजपुर-तिखात्तर कच्ची सडकमा रानागाउँ गाविस जमलकट्टे गाउँ नजिकै दुर्घटना भएको हो । जीप जन्ति लिएर रानागाउँबाट वायल काफली गाउ जान लागेको थियो ।
जीपको दुर्घटनाको कारण भने अहिले खुल्न सकेको छैन ।

No comments:

Post a Comment