२३ जेठ, काठमाडौं । नेकपा-माओवादी निकट मजदुर संगठन अखिल नेपाल
क्रान्तिकारी ट्रेड युनियन महासंघले चौधरी ग्रुप र लोमस हर्बल रिसर्च
सेन्टरमा तोडफोड गरेको छ । बन्दको अबज्ञा गरेको भन्दै संगठनले सानेपामा
रहेको चौधरी ग्रुपको कार्यालय र गोंगबुमा रहेको हर्बल रिसर्च सेन्टर
तोडफोड गरेको हो । हर्बल रिसर्च सेन्टर नेपाल उद्योग वाणिज्य महासंघका
उपाध्यक्ष प्रदीपजंग पाण्डेको हो ।
न्यूनतम तलब बृद्धि लगाएतका मागहरु राखेर आजदेखि संगठनले देशभरका उद्योग
कलकारखाना तथा व्यवसाय बन्द गरेको छ । लोमस ग्रुप अन्र्तगतको रिसर्च
सेन्टरमा हाल ६ जना कर्मचारी कार्यरत छन् । '६ जना कर्मचारी कार्यरत
सेन्टरमा बाहिरबाट अज्ञात व्यक्ति आएर तोडफोड गरियो' लोमस ग्रुपका
अध्यक्ष पाण्डेले अनलाइनखबरसँग भन्नुभयो- '६ जनामात्र कामदार भएको ठाउँमा
ट्रेड युनियन भन्ने नै हुँदैन् ।' ट्रेड युनियन नै नभएको ठाउँमासमेत
आक्रमण भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
जडिबुटी अनुसन्धान गरेर औषधी उत्पादन गर्नेजस्तो सवेदनशील ठाउँमा मजदुरको
आक्रमण हुनुले मजदुरहरु कतिसम्म अराजक छन भन्ने पुष्टि भएको पाण्डेले
बताउनुभयो । सरकारको प्रभावकारी सुरक्षा व्यवस्था हुन नसक्दा यस्तो घटना
घटेको बताउँदै उहाँले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग माग
गर्नुभयो । सरकारले व्यवसायीक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उहाँको
भनाई छ ।
No comments:
Post a Comment