Friday, January 11, 2013

पाकिस्तानमा बम बिस्फोट, ९२ को मृत्यु

बालोचिस्तान (पाकिस्तान), पुस २७ - पाकिस्तानको बालोचिस्तान राज्यमा
बिहीबार भएको बम बिस्फोटमापरी ९२ जनाको मृत्यु भएको छ । बालोचिस्तानको
बजार क्षेत्रमा भएको सुरु बिस्फोटमा परी ११ जनाको मत्यु भएको थियो तर
लगत्तै स्नुकर हाउसमा भएको दोस्रोबिस्फोटले ८१ जनाको ज्यान लिएको थियो ।
दुवै बिस्फोटमा परी घाइते हुनेको संख्या करिब डेढसय पुगेको बीबीसीले
जनाएको छ । बिस्फोटपछि बालोचिस्तान प्रशासनले तीन दिन शोक मनाउने घोषणा
गरेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमले बिस्फोटलाई क्रुर भनेका छन् । शिया मुस्लिम
समुदायको बाहुल्य भएको क्षेत्रमा भएको बिस्फोटको जिम्मा सन्नी
अतिवादीहरुको समूह लस्कर ईझन्ज्गीले लिएको छ । पहिलो बिस्फोटको जिम्मा
भने अर्को शसस्त्र समूहले लिएको छ ।

No comments:

Post a Comment