Friday, January 18, 2013

यूएईमा एक नेपालीद्वारा नेपालीकै हत्या

५ माघ, अवुधावी । यूएईमा एक नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन् ।
रोजगारीको शिलशिलामा यूएईको आबुधाबी पुगेका अर्घाखाँची सन्धिखर्क
चुत्रावेशी भत्तीटोलाकाका ४६ बर्षीय चन्द्र बहादुर थापाको अर्घाखाँची
डिर्भनाका ४० वर्षीय एक बहादुर बस्यालले विहीवार छुरी प्रहार गरी हत्या
गरेका हुन् । यूएईको आबुधाबीमा रहेको अल हुसाम जनरल कन्ट्राक्टिङ
कम्पनीमा कार्यरत उनीहरुवीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिएपछि
बस्यालले थापामाथि छुरी प्रहार गरेका थिए । मृतक थापा गएको ६ वर्ष देखि
नै सोही कम्पनीमा काम गर्दै आएका थिए ।
बस्यालले थापाको पेटको मध्य भागमा लगातार तीन चार पटक छुरी प्रहार गरेको
र अत्यधिक रगत बगेकोले थापाको घटनास्थलमै ज्यान गएको उनीसंग एउटै कोठामा
बस्ने एक नेपालीले जानकारी दिए । उनका अनुसार कोठाको लाइट बाल्ने निभाउने
गरिरहेका बस्याललाई सबैले बत्ती निभाएर सुत्न आग्रह गरेको तर बस्यालले
आफुले मदिरा खाँदै जागाराम बस्ने भोली शुक्रवार बिदा छ भन्दै अटेर
गरिरहेको बिषयमा सामान्य भनाभन भएको थियो । 'तिमी यसरी सधैं मदिरा सेवान
नगर , घर परिवार साथी भाई इस्ट मित्रले भनेको पनि मनमा लिने गर, भन्दै
थापालेसम्झाउदा बस्याल आवेशमा आई थापा निदाएपछि एक्कासी उनी माथि धारिलो
चक्कु प्रहार गरेका थिए ।
मृतक थापा र बस्याल गएको ४ वर्ष यता आबुधाबीकोमुसाफा ४० नम्बर मा रहेको
कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा सगैं बस्ने गर्थे । मृतक थापाका
छोरा पनि सोही कम्पनीको अल झविस क्षेत्रमा कार्यरत छन् । मृतक थापाका एक
श्रीमती, एक छोरा र एक छोरी छन् । हत्याका आरोपितलाई अहिले आबुधाबी
प्रशासनले पक्राउ गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासका द्वितीय सचिव
लोकबहादुर थापा क्षेत्रीले हत्याबारे थप अनुसन्धानका लागि शब नचाहिने
भएपछि नेपाली पठाइने वताउनु भएको छ ।
8

No comments:

Post a Comment