Sunday, September 9, 2012

गायिका अन्जु पन्त क्रिस्चियन बनिन्

चर्चित गायिका अन्जु पन्त उनको स्वरका कारणमात्र चर्चामा छैनन् । कहिले
पतिसँगको सम्बन्ध, कहिले इन्टरेनटमा भेटिएका आपत्तिजनक तस्वीरको बिबाद त
कहिले जाँडपानीका कुरा ।
पछिल्लोपटक अन्जुले आफुले धर्म परिवर्तन गरेको गुह्य खोलेकी छिन् । अन्जु
क्रिस्चियन बनेको डेढ बर्ष भइसकेको आइतवार प्रकाशित नेपाल साप्ताहिकले
छापेको छ । 'सानैदेखि त्रिस्चियनधर्मप्रति रुची भएपनि अंगाल्न सकेकी
थिइन'- अन्जुले भनिन- गीतसँगीतको सुरुवात नै मैले प्रभुका तीनवटा गीत
गाएर गरेकी थिएँ ।'
उनी हरेक साताको शनिवार र बिहीवार वालाजु चर्चमा जान्छिन् । फुर्सद भयो
भने यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सरिक हुन्छिन् । उनले
आफ्नो सफलता र आत्मसन्तुष्टिको श्रेय पनि प्रभुलाई दिन्छिन् । अन्जुका
सानाबा र सानीआमा बीरगंजस्थित चर्चका पास्चर बा र आमा छन् । उनैको
प्रेरणाले अन्जु त्रिस्चियन बनेको हुन् । उनका दुई दिदी, दुई दाजु र आमा
पनि त्रिस्चियन छन् ।

No comments:

Post a Comment