Thursday, September 20, 2012

आज ऋषि पञ्चमी मनाइँदै

४ असोज,काठमाडौ। भाद्रशुक्ल पञ्चमी तीजको अन्तिम दिन आज महिलाहरूले
अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र
विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् । खासगरी
रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्हहत्याको पाप
मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट
मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ ।
कठमाडौँ उपत्यकाका महिलाहरू आज कुलेश्वरको ऋशेश्वर महादेवका मन्दिरमा गई
पूजाआजा गर्दछन् भने कतिपय महिलाहरू घरमै ब्राम्हण बोलाई सप्तऋषिको पूजा
गर्ने गर्दछन् ।

No comments:

Post a Comment