Friday, September 14, 2012

छोराको मृत्युपछि आमाले आत्महत्या गरिन्

मनोज अधिकारी, पोखरा, भदौ २९ - सर्पले टोकेर नाबालक छोराको मृत्यु भएपछि
पीडा सहन नसकी एक आमाले समेत आत्महत्या गरेकी छन्। स्याङ्जा आलमदेवी
गाविस-८ की बीना सुनारले सर्पको टोकाइबाट सिकिस्त बनेका छोराको उपचारका
क्रममा पोखरामा हिजो मृत्यु भएपछि आत्महत्या गरेकी हुन्।
उनका छोरा ५ वर्षीय भरत सुनारलाई बुधबार राति साढे ८ बजे घरमै सुतेका
बेला सर्पले टोकेको थियो। उनलाई तत्कालै वालिङ हेल्थ पोष्टमा पुर्याईए
पनि त्यहाँ उपचार हुन नसकेपछि हिजो बिहान पोखरास्थित मणिपाल शिक्षण
अस्पताल ल्याइएको थियो। मणिपालमा उपचारका क्रममा अपरान्ह साढे १ बजेतिर
उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका पति खुमबहादुर सुनारको गतवर्ष
क्यान्सरबाटमृत्यु भएको थियो।
बीनाले छोराको मृत्युको पीडा खप्न नसकेर उनकी आमा बीनाले अस्पताल नजिकै
सेती नदीको नहरमा फाल हालेर आत्महत्या गरेको कास्की प्रहरी प्रवक्ता
रवीन्द्र पौडेलले बताए। उनको शव हिजो साँझपख पोखरा-१२ सितलादेवी
मार्गस्थित नहरमा फेला परेको थियो।
'छोराको मृत्युको पीडाले विह्विल भएकी आमा बीना सुनारले केही घण्टाभित्रै
पोखरा-११ नारायणस्थानमन्दिर नजिकै सेतीको नहरमा हामफालेर आत्महत्या गरेको
देखियो,' पौडेलले भने,'ती महिलाको शव करिब डेढ घण्टापछि सितलादेवी नजिक
नहरमै फेला परेको छ।'
उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र छोराको शव मणिपाल शिक्षण
अस्पतालमा राखिएको छ।

No comments:

Post a Comment